RONB Post
|
46 minutes ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा-जलस्रोत क्षेत्र सुधार्न ३२ बुँदे निर्देशन जारी गरेका छन् । ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादन नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ सम्बन्धित निकायलाई समयसीमा सहित निर्देशन जारी गरेका हुन् ।
RONB Post
|
2 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेता चयन गरेको छ । बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको हो। पराजुली काठमाडौंं–७ बाट निर्वाचित सांसद हुन् । यसअघि रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सतेकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको थियो । The post रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली appeared first on RONB post.
RONB Post
|
4 hours ago
RONB Post
|
4 hours ago
काठमाडौं । रास्वपाले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । विहीबार बसेको संसदीय दलको बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको हो । बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार, धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । The post रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल appeared first on RONB post.
RONB Post
|
5 hours ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ ।
RONB Post
|
8 hours ago
RONB Post
|
9 hours ago
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको जर्मन क्लब बायर्न म्युनिख रोमाञ्चक जीत निकालेको छ । स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै बायर्नले सेमिफाइनलको यात्रा तय गरेको छ। घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
RONB Post
|
10 hours ago
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध टाइम म्यागजिनद्वारा सार्वजनिक ‘सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा परेका छन्। म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उनको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ ।
RONB Post
|
10 hours ago
RONB Post
|
20 hours ago
काठमाडौं । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए ।
RONB Post
|
22 hours ago
काठमाडौं । सरकारले २०६२/६३ सालदेखि २०७२/४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो।