RONB post
बायर्नको रोमाञ्चक जीत, रियल च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको जर्मन क्लब बायर्न म्युनिख रोमाञ्चक जीत निकालेको छ । स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै बायर्नले सेमिफाइनलको यात्रा तय गरेको छ।
घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यस खेलमा बायर्नका लागि ह्यारी केन, लुइस डियाज, माइकल ओलीस र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि आर्दा गुलेरले २ र किलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस खेलको अन्त्य तिर रियल म्याड्रिडका एडुआर्ड़ो कामाभिंगा र आर्दा गुलेरले रातो कार्ड पाएका थिए ।
अब च्याम्पियन्स लिगको सेमिफाइनलआमा बायर्न म्युनिखले पिएसजीको सामना गर्ने भएको छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २८ मा हुने छ भने दोस्रो लिग मे ६ मा हुने छ ।
The post बायर्नको रोमाञ्चक जीत, रियल च्याम्पियन्स लिगबाट बाहिरियो appeared first on RONB post.