npl.977 Nepal News Stream

RONB post logo

RONB post

We deliver authentic information

सर्वोच्चले दियो गगन नेतृत्वलाई मान्यता, देउवा समूहको रिट खारेज

RONB Post | 3 hours ago
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

RONB Post | 4 hours ago
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए। The post धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा appeared first on RONB post.

युद्धविराम अवधिभर इरानले खोल्यो होर्मुज, ट्रम्पले दिए धन्यवाद

RONB Post | 4 hours ago
काठमाडौं । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा पूर्ण रुपमा खुल्ला गर्ने घोषणा गरेको छ । एक्समार्फत विदेशमन्त्री अरागचीले युद्धविरामको बाँकी अवधिसम्म होर्मुज भएर आवतजावत गर्ने सबै जहाजलाई पूरा खुला राख्ने घोषणा गरेका हुन् ।अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । उनीहरूबीच आपसी वार्ता समेत भइरहेको छ ।

नवनिर्वाचित १२ वटा संसदीय समितिका सभापतिले लिए शपथ

RONB Post | 8 hours ago
काठमाडौं । संघीय संसद् अन्तर्गतका १२ वटा संसदीय समिति सभापतिले शपथ ग्रहण गरेका छन् । सभामुख डोल प्रसाद अर्यालले नवनिर्वाचित समिति सभापतिहरुलाई शपथ ग्रहरण गराएका हुन् । शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए का थिए । दुई वटामा भने निर्वाचन भएको थियो ।

टी– २० आई सिरिजको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने

RONB Post | 13 hours ago
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएई र ओमानविरूद्ध सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । सिरिज यही अप्रिल २० र २१ तारिखमा हुँदै छ ।

अब राजस्व बुझाएको २४ घण्टामै ड्राइभिङ लाइसेन्स

RONB Post | 15 hours ago
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्रता दिन निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था शुक्रबारदेखि नै लागू भएको घोषणा गरे ।

मातातीर्थ औँसीमा प्रधानमन्त्रीको शुभकामना-‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

RONB Post | 16 hours ago
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन्। मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा सामाजिक सञ्जालबाट शुभकामना दिँदै शाहले माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र हुने बताएका छन्।

आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

RONB Post | 17 hours ago
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश, अनुमतिविना विदेश जान नपाउने

RONB Post | 1 day ago
काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो । उनलाई थुनामुक्त गर्ने आदेशसँगै विदेश भ्रमणमा कडाइ गरिएको छ ।

उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी विरुद्ध भ्रष्टाचार मुद्दा

RONB Post | 1 day ago
काठमाडौं । उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ऊर्जा-जलस्रोत क्षेत्र सुधारका लागि मन्त्री श्रेष्ठको ३२ बुँदे निर्देशन

RONB Post | 1 day ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा-जलस्रोत क्षेत्र सुधार्न ३२ बुँदे निर्देशन जारी गरेका छन् । ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादन नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ सम्बन्धित निकायलाई समयसीमा सहित निर्देशन जारी गरेका हुन् ।

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

RONB Post | 1 day ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेता चयन गरेको छ । बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको हो। पराजुली काठमाडौंं–७ बाट निर्वाचित सांसद हुन् । यसअघि रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सतेकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको थियो । The post रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली appeared first on RONB post.

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

RONB Post | 1 day ago
काठमाडौं । रास्वपाले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । विहीबार बसेको संसदीय दलको बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको हो । बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार, धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । The post रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल appeared first on RONB post.

प्रधानमन्त्रीले शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

RONB Post | 1 day ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ ।

Explore news by Category