RONB Post
|
2 hours ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा.
RONB Post
|
5 hours ago
RONB Post
|
6 hours ago
काठमाडौं । पाकिस्तानले यूएईमा सम्पन्न एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। आइतबार दुबईमा भएको फाइनल भिडन्तमा भारतमाथि १९१ रनको सानदार जित निकाल्दै पाकिस्तान युवा टोलीले एसिया कप जितेको हो।
RONB Post
|
7 hours ago
‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’ The post घण्टीघरबाट रविले भने-‘संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको दौडधुप बन्द गर्नूस्’ appeared first on RONB post.
RONB Post
|
8 hours ago
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेर २५९५. १० बिन्दुमा झरेको हो । त्यसदिन ३४५ कम्पनीको ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ । The post दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५२ लाखको कारोबार appeared first on RONB post.
RONB Post
|
9 hours ago
शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ। The post बागमती नदीमा तैरिने फोहोर संकलन गर्न राखियो ट्रास बेरियर appeared first on RONB post.
RONB Post
|
9 hours ago
काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए। आइतबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।
RONB Post
|
11 hours ago
प्रभु बैंक सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् । यस बैंकको पुस ६ गते बसेको सञ्चालक समिति बैंककले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेका हुन् । The post एकैदिन ९ कम्पनीको लाभांश घोषणा, कुनको कति ? appeared first on RONB post.
RONB Post
|
12 hours ago
काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउँदै उकालो लागेको छ । आइतबार सुनको मूल्य सामान्य घटेपनि चाँदीले भने नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ मूल्य १ सय रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ कायम भएको छ ।
RONB Post
|
14 hours ago
काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।
RONB Post
|
14 hours ago
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले सेभियाविरुद्ध २–० को जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन जुड बेलिङ्घम र किलियन एमबाप्पेले गोल गरे । रियालले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।
RONB Post
|
14 hours ago
राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। The post चुनावी आचारसंहितामा हेलिकोप्टरदेखि घोडासम्म, कसले के चढ्न पाउने ? appeared first on RONB post.
RONB Post
|
15 hours ago
काठमाडौं । डिसेम्बर २१ । वर्षको सबैभन्दा छोटो दिन। खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनान्त भनिन्छ। यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ। यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ।
RONB Post
|
15 hours ago
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। The post दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमन appeared first on RONB post.
RONB Post
|
1 day ago
काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपको उपाधि भारतको लिग च्याम्पियन इस्ट बंगालले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाभएको खेलमा घरेलु टिम एपीएफ क्लबलाई ३-० ले हराउँदै उपाधि जितेको हो । यससँगै साफ क्लब महिला च्याम्पियनसिपले आफ्नो पहिलो च्याम्पियनको रुपमा इस्ट बंगाल एफसीलाई पाएको छ।
RONB Post
|
1 day ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका निम्ति २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम अघि बढाउनुपर्ने बताएका छन् ।
RONB Post
|
1 day ago
आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु- २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो। The post ‘आक्रोश र सपनालाई मतपत्रमा व्यक्त गर्नुहोस्, चुनाव सार्ने हल्ला निराधार’ appeared first on RONB post.
RONB Post
|
1 day ago
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । यसअघि दश हजार ८९२ मतदान स्थल रहेका थिए ।
RONB Post
|
1 day ago
उपाधिको छिनोफानो गर्न आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु फुटबलको पावरहाउस एपीएफ फुटबल क्लब र भारतीय क्लब इस्ट बंगाल आमनेसामने हुँदै छन् । The post साफ क्लब उपाधिको छिनोफानो आज, साफ क्षेत्रमा नयाँ इतिहास appeared first on RONB post.
RONB Post
|
2 days ago
काठमाडौं । काठमाडौं महानगरपालिकाले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ तथा टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले नगर सभाको उक्त निर्णय गरेको हो ।