RONB post
युद्धविराम अवधिभर इरानले खोल्यो होर्मुज, ट्रम्पले दिए धन्यवाद
काठमाडौं । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा पूर्ण रुपमा खुल्ला गर्ने घोषणा गरेको छ ।
एक्समार्फत विदेशमन्त्री अरागचीले युद्धविरामको बाँकी अवधिसम्म होर्मुज भएर आवतजावत गर्ने सबै जहाजलाई पूरा खुला राख्ने घोषणा गरेका हुन् ।अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ ।
उनीहरूबीच आपसी वार्ता समेत भइरहेको छ । गत अप्रिल सातको मध्यरातमा अमेरिका र इरानबीच १५ दिने युद्धविराम घोषणा भएको थियो ।
दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । इरानी विदेशमन्त्री अरागचीले होर्मुज खोल्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्रूथबाट उनले इरानलाई धन्यवाद दिएका हुन् ।
The post युद्धविराम अवधिभर इरानले खोल्यो होर्मुज, ट्रम्पले दिए धन्यवाद appeared first on RONB post.