npl.977 Nepal News Stream

RONB post logo RONB post

टी– २० आई सिरिजको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने

RONB Post 8 hours ago

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएई र ओमानविरूद्ध सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । सिरिज यही अप्रिल २० र २१ तारिखमा हुँदै छ ।

टोलीमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, अलराउन्डर कुशल मल्ल तथा आक्रामक ब्याटर सन्दीप जोरा समावेश छन्।

विकेटकिपरको जिम्मेवारी लोकश बमले सम्हाल्नेछन् भने आरिफ शेख बसिर अहमद, गुल्शन झा रहेका छन्। त्यसैगरी टोलीमा नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल पनि परेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको यस टोलीमा वैकल्पिक खेलाडीका रूपमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान राखिएका छन्। ओडिआई टोलीको कप्तानी रोहित पौडेलले नै गर्नेछन् ।

नेपाल, यूएई र ओमानबीच हुने शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानमा अन्तिम टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्।

यस्तै, टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्। वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल छन्।

The post टी– २० आई सिरिजको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category