npl.977 Nepal News Stream

RONB post logo RONB post

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी

RONB Post 7 hours ago

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन विजयी भएकी छन्।

आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो।

बराललाई कांग्रेस र नेकपाको समर्थन भएपनि जितको लागि पर्याप्त भएन। शेरचन विजयी भएपछि बरालले बधाई दिए। ओजस्वी पनि रास्वपा समानुपातिक सांसद हुन् ।

शेरचन सांसद बन्नुअघि नेपाल मेडिकल कलेजमा अध्यापन तथा अनुसन्धानमा संलग्न थिइन् । उनी मेडिकल कलेजको बायोकेमेस्ट्री विषयकी एसोसिएट प्रोफेसरसमेत हुन् ।

चिकित्सा शिक्षा, अनुसन्धान र प्रयोगशालामा केन्द्रित थिइन् । समाजसेवामा समेत सक्रिय उनी ‘मिसेस नेपाल कल्चर २०२३’ विजेता हुन् ।

The post शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category