npl.977 Nepal News Stream

RONB post logo RONB post

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश, अनुमतिविना विदेश जान नपाउने

RONB Post 1 day ago

काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो ।

उनलाई थुनामुक्त गर्ने आदेशसँगै विदेश भ्रमणमा कडाइ गरिएको छ । विदेश जान भने उनले अदालतको अनुमति लिनुपर्ने आदेश भएको छ। खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा थिए ।

खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले रिट दायर गरेकी थिइन् । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो ।

The post दीपक खड्कालाई थुनामुक्त गर्न आदेश, अनुमतिविना विदेश जान नपाउने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category