RONB post
उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार तिवारीको सेवा प्रवेश अवधि मिति २०४४/०५/१९ देखि अवकाश भएको मिति २०७८/०१/०९ सम्मको जाँच अवधिमा कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको कुल खर्च तथा लगानी २५ करोड ६ लाख ४७ हजार २२७ रूपैयाँ भेटिएको छ ।
आय-व्यय हिसाब गर्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकम बराबर रकम बिगो दाबी गरेको छ ।
अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
The post उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी विरुद्ध भ्रष्टाचार मुद्दा appeared first on RONB post.