RONB post
अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न त्रिविको सूचना
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न आग्रह गरेको छ ।
विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरु केही व्यक्ति कम्पनी तथा संघ संस्थाले कानून विपरित अनाधिकृत रुपमा कब्जा, भोग तथा नियन्त्रण गरेको भन्दै सो सम्पत्ति फिर्ता गर्न ताकेता गरेको हो।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति-२०८१’ ले तयार पारेको प्रतिवेदनले विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा र सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयको ऐन–नियम विपरीत कब्जा गरिएको तथ्य फेला पारेपछि यो कदम चालिएको हो । केही व्यक्ति, निजी कम्पनी, संघ-संस्था र निकायहरूले विश्वविद्यालयको भोगाधिकारमा रहेका जग्गाहरू अनधिकृत रूपमा नियन्त्रण र प्रयोग गरिरहेको प्रतिवेदनले औँल्याएको छ ।

त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार र विभिन्न दाताहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्तिहरू (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरी/गराई आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ ।’
The post अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न त्रिविको सूचना appeared first on RONB post.