RONB post
मातातीर्थ औँसीमा प्रधानमन्त्रीको शुभकामना-‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन्। मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा सामाजिक सञ्जालबाट शुभकामना दिँदै शाहले माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र हुने बताएका छन्।
शाहले भनेका छन्‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी,’ उनले संस्कृत वाक्यांश अनुवाद गर्दै शुभकामना दिएका छन्, माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।
The post मातातीर्थ औँसीमा प्रधानमन्त्रीको शुभकामना-‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ appeared first on RONB post.