npl.977 Nepal News Stream

RONB post logo RONB post

विश्वप्रसिद्ध म्यागजिनको १०० प्रभावशाली व्यक्तिमा प्रधानमन्त्री बालेन शाह

RONB Post 15 hours ago

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध टाइम म्यागजिनद्वारा सार्वजनिक ‘सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा परेका छन्।

म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उनको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ ।

युवापुस्ताको व्यापक समर्थन र परम्परागत राजनीतिक दलप्रतिको असन्तुष्टिको लहरबीच उनको उदय भएको उल्लेख गरिएको छ।

सिभिल इन्जिनियरिङ पृष्ठभूमि भएका शाहले काठमाडौँ महानगरको मेयर रहँदा देखाएको कार्यशैली-विशेषगरी फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधार-अब राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती उनको सामु रहेको टाइमको विश्लेषण छ।

यस वर्षको सूचीमा विश्वका प्रभावशाली नेताहरू डोनाल्ड ट्रम्प, सी जिनपिङ, बेन्जामिन नेतान्याहु, क्लाउडिया सेनवाम लगायत सहित प्रविधि, व्यापार, मनोरञ्जन र खेलकुद क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि समेटिएका छन्।

The post विश्वप्रसिद्ध म्यागजिनको १०० प्रभावशाली व्यक्तिमा प्रधानमन्त्री बालेन शाह appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category