npl.977 Nepal News Stream

#भर्खरै

नेपाल न्युज logo नेपाल न्युज

सहकारी ठगी : गोर्खा मिडियाका सञ्चालक छविलाल धरौटीमा रिहा

नेपालन्युज | 1 hour ago
बुटवल। सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो। जोशी तीन करोड बैंक जमानत बुझाएर आइतबारै रिहा भएका छन्।
नेपाल न्युज logo नेपाल न्युज

सभामुख यादवद्वारा शपथ ग्रहण

नेपालन्युज | 1 hour ago
धनुषा। मधेस प्रदेशसभाका तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज (आइतबार) जनकपुरमा एक समारोहबीच यादवलाई सभामुख पदको शपथ गराए। उनले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिए।
नेपाल न्युज logo नेपाल न्युज

आयोगले निर्धारण गर्‍यो समावेशी समूहको प्रतिशत

नेपालन्युज | 1 hour ago
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए।
नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन कानुन संशोनका लागि प्रधानमन्त्रसहित सर्वपक्षीय छलफल गरिँदै

नेपालन्युज | 2 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा भोलि (सोमबार) सर्वपक्षीय छलफल हुने भएको छ।
नेपाल न्युज logo नेपाल न्युज

योग्यतै नपुगेको कम्पनीलाई ठेक्का, गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

नेपालन्युज | 2 hours ago
काठमाडौँ। सप्तरीमा स्कुलको नमुना भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष दयानन्द गोइतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसले आगामी निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ : कोइराला

नेपालन्युज | 3 hours ago
मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी २१ फागुनमा हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्। ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज, भोलि चुनौती अवसर र सम्भावना’ बारे युवासँग संवाद विषयक आज (आइतबार) विराटनगरमा आयोजित अन्तर्क्रियामा उनले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट‚ के भयो संवाद

नेपालन्युज | 3 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा वर्तमान राजनीतिक गतिविधिबारे कुराकानी भएको छ। प्रधानमन्त्री कार्कीसँग सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका लामिछानेको यो पहिलो भेट हो। अदालतको आदेशपछि थुनामुक्त भएपछि लामिछाने हिजो (शनिबार) काठमाडौँ आएका थिए।
नेपाल न्युज logo नेपाल न्युज

गहना चोर्ने दुईजना पक्राउ

नेपालन्युज | 4 hours ago
काठमाडौँ। सुनका गरगहना चोरेर बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका ४‚ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।
नेपाल न्युज logo नेपाल न्युज

तरकारी फार्म हाउसका सञ्चालकको हत्या, इनारमा भेटियो शव

नेपालन्युज | 4 hours ago
काठमाडौँ। ललितपुर महालक्ष्मी नगरपालिका ८‚ लुभुमा एक युवकको हत्या गरिएको छ। शेरफाँटस्थित तरकारी फार्म हाउसको इनारमा हत्या गरी फालिएको अवस्थामा सिन्धुलीका २५ वर्षीय केशवराज हायूको शव फेला परेको हो। हायू सोही फार्म हाउसका सञ्चालक रहेको ललितपुर प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले बताए। उनका अनुसार घटना २ पुसको रहेको बुझिएको छ।
नेपाल न्युज logo नेपाल न्युज

प्रधानमन्त्रीको चासो- सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्टबाट नेपाललाई कसरी बाहिर निकाल्ने?

नेपालन्युज | 4 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे-लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्। अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसमेतको उपस्थितिमा आइतबार प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायबाट ब्रिफिङ लिइन्।
नेपाल न्युज logo नेपाल न्युज

‘एनएफपीजे’द्वारा पाँच विधाका फोटो पत्रकारलाई सम्मान

नेपालन्युज | 5 hours ago
काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँचजना व्यावसायिक फोटो पत्रकारलाई सम्मान गरेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आज (आइतबार) भएको कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो।
नेपाल न्युज logo नेपाल न्युज

प्रभु बैंकका सीईओलगायतलाई पाँचौँपटक म्याद थपियो

नेपालन्युज | 5 hours ago
काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन‚ सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई अनुसन्धानका लागि पाँचौँपटक म्याद थपेको छ। मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलबासबाट आज (सोमबार) फेरि पाँच दिनका लागि म्याद थपेको हो।
नेपाल न्युज logo नेपाल न्युज

खुलामञ्चमा विद्यार्थीको सामूहिक ध्यान [फोटो फिचर]

नेपालन्युज | 5 hours ago
काठमाडौँ। विश्व ध्यान दिवसका अवसरमा आइतबार विद्यार्थीहरूले नवनिर्मित खुलामञ्चमा सामूहिक ध्यान गरेका छन्। खुलामञ्च आजबाट सर्वसाधारणका लागि खुला भएको छ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइएको हो। राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो।
नेपाल न्युज logo नेपाल न्युज

‘चीन-नेपाल सम्बन्ध अद्वितीय छ’

नेपालन्युज | 5 hours ago
काठमाडौँ। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता जनाएका छन्। आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने आश्वासन दिए।
नेपाल न्युज logo नेपाल न्युज

ट्रकको फल्स बटम फोड्दा निस्कियो २४० केजी चरेस, दुई युवक पक्राउ

नेपालन्युज | 6 hours ago
वीरगन्ज। पर्सा प्रहरीले २४० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले शनिबार राति वीरगन्ज महानगरपालिका २२‚ जगन्नाथपुर हाट सडकखण्डबाट चरेस बरामद गरेको हो। जाँचका क्रममा हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना.३ख ५०१३ नम्बरको ट्रकबाट चरेस बरामद भएको प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।
नेपाल न्युज logo नेपाल न्युज

आफ्नो परम्परा र संस्कृति बिर्सन हुँदैन : प्रधानमन्त्री कार्की

नेपालन्युज | 6 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने उनको भनाइ छ। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा आज (आइतबार) उनले यस्तो बताएकी हुन्। परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित थिए।
नेपाल न्युज logo नेपाल न्युज

रामअशिष यादव बने मधेस प्रदेशको सभामुख

नेपालन्युज | 7 hours ago
जनकपुर। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। प्रदेश सभामा मत विभाजन एवं हस्ताक्षरमार्फत आइतबार भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको छ। प्रदेश सभामा ९६ सांसद उपस्थिति थिए। यादव निर्वाचित भएको सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन्।
नेपाल न्युज logo नेपाल न्युज

मिराज ढुंगानाको समूहले भोलिबाट आन्दोलन गर्ने

नेपालन्युज | 8 hours ago
काठमाडौँ। मिराज ढुंगानाको समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने बताए। माइतीघर मण्डलमा भोलि (सोमबार) ११ बजे उनले उपस्थितिका लागि सबैलाई आग्रह गरे। ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो।
नेपाल न्युज logo नेपाल न्युज

भारतीय रेलवेको भाडा बढ्यो‚ मूल्य कति?

नेपालन्युज | 9 hours ago
नयाँदिल्ली। भारतीय रेलवेले रेलको भाडामा हेरफेर गरेको छ। २६ डिसेम्बरबाट लागु हुने रेलको भाडादर कहीँ यथावत् छ भने अधिकांशको बढेको छ। रेलवेद्वारा जारी सूचनाअनुसार २१५ किलोमिटरसम्मको सामान्य कक्षको भाडामा कुनै वृद्धि गरिएको छैन, तर त्योभन्दा माथिको दूरीका लागि प्रतिकिलोमिटर एक पैसाले भाडा बढेको छ।
नेपाल न्युज logo नेपाल न्युज

अभिभावकलाई आन्दोलन गर्न शिक्षामन्त्री पुनको आग्रह

नेपालन्युज | 12 hours ago
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने बताएका छन्। देशभरका विद्यालयमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीति हटाउन अभिभावक एकजुट भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ। शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन दिएर मात्र नपुग्ने भन्दै उनले अभिभावकले आन्दोलन गरेर कडा चेतावनी नदिएसम्म विद्यालय सुधार नहुने बताएका हुन्।

Explore by Source or Category