npl.977 Nepal News Stream

#भर्खरै

नेपाल न्युज logo नेपाल न्युज

संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

नेपालन्युज | 40 minutes ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले उपनेतामा गणेश पराजुली चयन गरेको हो। रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले उपनेतामा गणेश पराजुली चयन भएको जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

नेपालन्युज | 47 minutes ago
तानसेन। तानसेनको बगनासकाली गाउँपालिका ७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मंगलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन्। बगनासकाली गाउँपालिका ९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

लाइसेन्स र पासपोर्ट अब दैलामै

नेपालन्युज | 49 minutes ago
काठमाडौँ। सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ। यस्ता सेवा लिन सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक-पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो।
नेपाल न्युज logo नेपाल न्युज

विपक्षी दलका सांसद र सभामुखबीच भेटघाट

नेपालन्युज | 1 hour ago
काठमाडौंँ। विपक्षी दलका सांसद र सभामुख ‍डोलप्रसाद अर्यालबीच भेटघाट भएको छ। बिहीबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका थिए।
नेपाल न्युज logo नेपाल न्युज

लेखा समितिको सभापतिमा खड्काको मनोनयन दर्ता

नेपालन्युज | 1 hour ago
काठमाडौँ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। बिहीबार कांग्रेस संसदीय दलले लेखा समितिको सभापतिमा खड्काको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ।
नेपाल न्युज logo नेपाल न्युज

भिजिट भिसाको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई कारबाही

नेपालन्युज | 2 hours ago
काठमाडौँ। अध्यागमन विभागले भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई कारबाही गर्ने भएको छ।
नेपाल न्युज logo नेपाल न्युज

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

नेपालन्युज | 2 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।
नेपाल न्युज logo नेपाल न्युज

रास्वपाको सचिवालय बैठकबाट बाहिरिँदै बालेन्द्र शाह

नेपालन्युज | 2 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकबाट वरिष्ठ नेता बालेन्द्र शाह बाहिरिएका छन्। प्रधानमन्त्रीसमेत रहेका शाह बैठक सकेर बाहिरिएका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

कविन्द्र बुर्लाकोटी रास्वपाको मुख्य सचेतक

नेपालन्युज | 2 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्। बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको हो। बैठकले सचेतकमा सांसद प्रकाशचन्द्र परियार सांसद क्रान्तिशिखा धिताललाई नियुक्त ‍गरेको छ।
नेपाल न्युज logo नेपाल न्युज

संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम

नेपालन्युज | 3 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिहरूका सभापतिहरूमा नाम प्रस्ताव गरेको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय समितिहरूका सभापतिहरूको नाम प्रस्ताव गरेको हो। १६ वटा संसदीय समिति रहेका संघीय संसद्‍मा प्रतिनिधिसभाअन्तर्गत १० वटा समिति छन्। राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् भने दुईवटा संयुक्त्त समिति छन्।
नेपाल न्युज logo नेपाल न्युज

रास्वपा संसदीय दलको बैठक सुरु

नेपालन्युज | 3 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ।
नेपाल न्युज logo नेपाल न्युज

तीन जुवाडे पक्राउ

नेपालन्युज | 3 hours ago
काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा ललितपुरमा बुधबार तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने ४५ वर्षीय कुलबहादुर श्रेष्ठको मोबाइल सर्भिस सेन्टर पसलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीले जुवातासमा प्रयोग भएको नगद ४९ हजार ८०० रूपैयाँ समेत बरामद गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल न्युज logo नेपाल न्युज

जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’

नेपालन्युज | 3 hours ago
वीरगञ्ज। बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ। जामुनी ब्यारेजमा गेटलगायत संरचना अधुरो रहेकाले सिँचाइ परियोजना सञ्चालनमा आउन सकेको थिएन्। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माणको काम अघि बढेको जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

तनहुँमा दुई पुल निर्माण

नेपालन्युज | 4 hours ago
दमौली। तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन्। ऋषिङ ५ र ७ जोड्ने फलामे र ऋषिङ ४ र ७ जोड्ने झोलुंगे पुल बनेका हुन्। गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्दै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
नेपाल न्युज logo नेपाल न्युज

रास्वपा संसदीय दलको बैठकमा सहभागी हुँदै [तस्बिरहरू]

नेपालन्युज | 4 hours ago
काठमाडौँ। संसदीय समितिका सभापतिको उम्मेदवार चयन गर्न रास्वपा संसदीय दलको बैठक बस्दै छ। आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ।
नेपाल न्युज logo नेपाल न्युज

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

नेपालन्युज | 4 hours ago
मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ। करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ। करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।
नेपाल न्युज logo नेपाल न्युज

कोइला सकियो‚ हेटौँडा सिमेन्टको उत्पादन रोकियो

नेपालन्युज | 4 hours ago
मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ। करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ। करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।
नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने

नेपालन्युज | 4 hours ago
काठमाडौँ। नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने बताए। संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन्। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ।
नेपाल न्युज logo नेपाल न्युज

लेखा समिति सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

नेपालन्युज | 4 hours ago
काठमाडौँ। नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने बताए। संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन्। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ।
नेपाल न्युज logo नेपाल न्युज

कम्बोडियाबाट ४६ नेपालीको उद्धार

नेपालन्युज | 5 hours ago
काठमाडौँ। बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन्। विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो।

Explore by Source or Category