npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

तीन जुवाडे पक्राउ

नेपालन्युज 7 hours ago

काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा ललितपुरमा बुधबार तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने ४५ वर्षीय कुलबहादुर श्रेष्ठको मोबाइल सर्भिस सेन्टर पसलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले जुवातासमा प्रयोग भएको नगद ४९ हजार ८०० रूपैयाँ समेत बरामद गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category