विपक्षी दलका सांसद र सभामुखबीच भेटघाट
नेपालन्युज
|
6 hours ago
काठमाडौंँ। विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबीच भेटघाट भएको छ।
बिहीबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका थिए।
भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी छन्।