npl.977 Nepal News Stream

#पक्राउ

Contents
Himal Press logo Himal Press

गैँडाको खागसहित चार जना पक्राउ

Keshav Rana Chhetri 5 hours ago

काठमाडौँ- सुनसरीको बर्जु गाउँपालिका–६, बर्जुतालको पूर्वी गेट इलाकाबाट आज (बिहीबार) बेलुका गैँडाको खागसहित चार जना पक्राउ परेका छन्।

खागको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोलमोलाई गरिरहेकै अवस्थामा उल्लेखित वस्तुसहित बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, सोही गाउँपालिका–५, अमाहीबेला बस्ने ३३ वर्षीय रविनकुमार यादव र मोरङ पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ वर्षीय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले उनीहरूलाई उल्लेखित वस्तु तथा प्र १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल, चार थान मोबाइल सेट तथा करिब ६ हजार रूपैयाँसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कारबाहीको लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Himal Press logo Himal Press

रुपन्देहीमा नक्कली नोटसहित चार जना पक्राउ

Keshav Rana Chhetri 8 hours ago

रुपन्देही- जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-९ का ५३ वर्षीय दीपेन्द्र थापा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव परीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीको निगरानीका क्रममा गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका-५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका-१० स्थित भच्कैयाबाट एक हजार रूपैयाँ दरका नेपाली नक्कली नोट २१ थानसहित चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए। पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए।

Explore by Source or Category