npl.977 Nepal News Stream

#शिक्षक

Himal Press logo Himal Press

बढुवा भए यी शिक्षक (नामावलीसहित)

Ramesh Dawadi 8 hours ago

काठमाडौँ- शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश, धनकुटाले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकको बढुवा नामावली सार्वजनिक गरेको छ।

निर्देशनालयको निर्णयअनुसार बढुवाका लागि निवेदन दिएका उम्मेद्वारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेद्वारहरूको जिल्ला, विज्ञापन, तह तथा श्रेणी अनुसार नामावली प्रकाशित गरिएको हो। उक्त नामावली नियम ३४ को प्रयोजनका लागि सार्वजनिक गरिएको जनाइएको छ।

समितिको निर्णयप्रति चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको छ। उजुरी दर्ताका लागि प्राथमिक तह प्रथम श्रेणीका लागि ५०० रुपैयाँ, निम्न माध्यमिक तह प्रथम श्रेणीका लागि ६५० रुपैयाँ र माध्यमिक तह प्रथम श्रेणीका लागि ७५० रुपैयाँ दस्तुर तोकिएको छ।

राजश्व रकम नेपाल सरकारको निर्दिष्ट खातामा जम्मा गरी भौचर सहित निर्देशनालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

नामावली

Explore by Source or Category