npl.977 Nepal News Stream

#Uncategorized

Contents
उकालो logo उकालो

कृषिमा कसरी फड्को मार्ने?

प्रणव राज लोहनी 3 hours ago

नेपालको कृषि क्षेत्र विकराल परिस्थितिबाट गुज्रँदै छ। नेपालका प्राय: भेगमा माटो असल छ, उब्जाउ छ। सिँचाइका लागि पर्याप्त स्रोत छन्। कृषि क्षेत्रका लागि चाहिने दक्ष जनशक्तिको अभाव छैन। तैपनि देशले हरेक वर्ष खाद्यान्न तथा अन्य कृषि उपज आयात गर्न खर्बौं रुपैयाँको घाटा किन बेहोरिरहेको छ त? विगत चार वर

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

बंगलादेशको मतपरिणामबाट के सिक्ने ?

धर्मराज भट्टराई 22 hours ago

गत २९ माघमा सम्पन्न १३औं संसदीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै लामो राजनीतिक अन्योल र अस्तव्यस्तता चिर्दै बंगलादेश फेरि निर्वाचनमार्फत् लोकतान्त्रिक प्रक्रियामा फर्किएको छ । तथापि, सार्वजनिक भएको चुनावी नतिजा भने धेरैको अनुमानभन्दा फरक देखियो । नेपालमा जस्तै बंगलादेशमा पनि जुलाई २०२४ मा जेनजी भनिने युवा विद्यार्थीको समूहले आन्दोलन चर्काएका थिए । त्यस विद्यार्थी विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछिको पहिलो आमनिर्वाचन अहिले सम्पन्न भएको हो । निर्वाचनमा आन्दोलनले जन्माएका नयाँ राजनीतिक दल र नयाँ नेताहरूको वर्चश्व हुनसक्ने आंकलन गरिएको थियो । तर, परिणाम भने सोचेभन्दा फरक आएको छ ।

बंगलादेशको निर्वाचन आयोगको तथ्यांकअनुसार हालै सम्पन्न संसद्ीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । यो बंगलादेशको एउटा पुरानो राजनीतिक दल हो । यो गठबन्धनले संसद्को कुल ३०० सिटमा २१२ सिट जितेको छ । योस“गै बीएनपी पार्टी अध्यक्ष तारिक रहमान त्यहाँको नयाँ प्रधानमन्त्री बनेका छन् । यस चुनावमा इस्लामवादी नेतृत्वको जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।

यसैगरी, गत जुलाईमा भएको युवा क्रान्तिबाट उदाएका नयाँ पुस्ताले नेतृत्व गरिरहेको नेसनल सिटिजन पार्टी (एनसीपी)को गठबन्धन जम्मा ६ सिटसहित तेस्रो स्थानमा सीमित बनेको छ । बाँकी सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । मोहम्मद युनुस नेतृत्वमा रहेको अन्तरिम सरकारले १५ वर्ष सत्तामा रहेको हसिनाको अवामी लिग पार्टीलाई चुनावमा भाग लिनबाट प्रतिबन्ध लगाएको थियो । निर्वाचनमा करिब ५९ प्रतिशत मत खसेको दावी गरिएको छ । बंगलादेशको संसद््को कुल ३५० सिटमध्ये ५० सिट महिला प्रपितनिधित्वका लागि आरक्षित छ ।

यसपटक चुनावी मैदानमा एकातिर दशकौं सत्तामा रहेको बीएनपी पार्टी थियो भने अर्कोतिर सन् २०२४ को जेनजी आन्दोलनबाट उदाएका नयाँ पुस्ताले नेतृत्व गरेको पार्टी एनसीपी थियो । सामाजिक सञ्जालमा चर्चित देखिने धेरै अनुहार एनसीपी पार्टीबाट चुनावमा उम्मेदवार बनेका थिए । तर, उनीहरू पराजित हुनप-यो । यस निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेकी स्वतन्त्र उम्मेदवार डा. तस्निम जारा थिइन् । उनको फेसबुकमा ७४ लाखभन्दा बढी ‘फलोअर्स’ छन् । तथापि, ढाका–९ बाट चुनाव लडेकी उनले जितेका उम्मेदवारसँग दोब्बरभन्दा धेरै अर्थात् ६६ हजार ५ सय २८ मतान्तरले पराजित हुनुप-यो । उनी जम्मा ४४ हजार ६ सय ८४ मत पाएर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् ।

यसैगरी, पञ्चगढ–१ मा विद्यार्थी आन्दोलनका प्रमुखमध्ये एक सरजिस आलम आफ्ना प्रतिस्पर्धीस“ग १८ हजारअन्तरले पराजित भए । उनको फेसबुकमा ३१ लाख ‘फलोअर्स’ छन् । सामाजिक सञ्जालमा चर्चित बनेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । यसबाट सामाजिक सञ्जाल क्षेत्रमा उनीहरूलाई त्यहाँका नागरिकले पछ्याए पनि राजनीतिक क्षेत्रमा भने योग्य ठानेनन् भनेर बुझ्न सकिन्छ ।

अहिले हाम्रो मुलुक नेपालमा समेत ‘नेता’ बन्ने होडबाजी नै चलेको छ । विशेषगरी गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुकको नेतृत्व ‘म गर्छु’ भन्दै विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति अघि सरेका देखिन्छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकारले आगामी यही २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तोकेको छ । यसपछि राजनीतिक दलसम्बद्ध व्यक्तिमात्र नभई शिक्षक, विद्यार्थी, व्यापारी, उद्योगी, चिकित्सक, इन्जिनिएर, पत्रकार, कलाकार हुँदै सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्तासमेत चुनावी मैदानमा होमिएका देखिन्छन् । पुराना प्रमुख राजनीतिक दलदेखि नयाँ भर्खरै दर्ता भएका दलमा समेत नयाँ अनुहार नेता बन्ने दौडमा छन् ।

राजनीतिक नेतृत्वले कुनै एक संघसंस्थाको मात्र जिम्मेवारी लिदैनन् । उनीहरूका काँधमा पूरै मुलुकको जिम्मेवारी रहेको हुन्छ । यसक्षेत्रका नेता जनताका प्रतिनिधि बनेर देश, समाज वा समुदायका लागि निर्णय गर्ने र दिशा तय गर्ने भूमिकामा रहन्छन् । उनीहरू आमजनताको आवाज उठाउने, नीति, नियम र कानुन निर्माण एवं कार्यान्वयन गर्ने, देश विकास र सुशासनका लागि काम गर्ने जिम्मेवारीबाट बाधिएका हुन्छन् । यतिमात्र होइन, उनीहरू आफ्ना कामप्रति उत्तरदायी र जवाफदेहीसमेत बन्नुपर्ने हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने राजनीतिक नेतृत्व सरल र सहज भने पक्कै हुँदैन ।

पछिल्लो समय मुलुकमा सामाजिक सञ्जालले जन्माएका नेताको चर्चा परिचर्चा बढेको देखिन्छ । उनीहरूका अभिव्यक्ति, हाउभाउ एवंं क्रियाकलाप फेसबुक, इन्स्टाग्राम, टिकटक, भाइबर, एक्स (ट्विटर), ह्वाट्सएप, युट्युबजस्ता सामाजिक सञ्जालमा छाएका छन् । फेसबुक, टिकटकजस्ता सञ्जालमा ‘फलोअर्स’ बटुल्ने, लाइक, कमेन्ट र सेयरमा रमाउने उनीहरूको बानी परेको छ ।

यसैलाई आधार बनाएर चुनाव जित्ने घोषणासमेत गर्न पछि परेका छैनन् । यसबाट स्थापित पुराना दलका नेतासमेत झस्केका देखिन्छन् । कतिपयले यसैलाई सिको गरेकोसमेत भेटिएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पोस्ट, भिडियो, पोडकास्ट र अपलोड गरिएका सामग्रीमा लाइक, कमेन्ट र सेयर गर्न सार्वजनिक आह्वानसमेत गरेका थिए ।

विशेषगरी पुराना दल र तिनका नेताले लामो समय मुलुकमा सत्ताको बागडोर सम्हाले पनि कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको आक्रोश युवापुस्तामा छ । यही आक्रोशको फाइदा उठाएर केही स्वार्थ समूह सक्रिय भएको देखिन्छ । कुनै आस्था, विचार र सिद्धान्त नभएका व्यक्तिसमेत अगाडि बढेका देखिएका छन् । उनीहरूस“ग कुनै ठोस दृष्टि, उद्देश्य एवं कार्यदिशासमेत देखि“दैन । यसबावजुद मुलुकको नेतृत्व ‘आफूले गर्ने’ भन्दै हि“डेका छन् । मुलुकका सबै समस्या ‘क्षणभरमै समाधान गरिदिने’ उनीहरूको दावी छ ।

कतिपय उम्मेदवारले चुनावमा आफ्नो जित भएपश्चात् शिक्षा, स्वास्थ्य, खानेपानी सित्तैमा पाइने, गाउँघरमा पुलपुलेसा, बाटोघाटो, सडक, प“धेरा रातारात बनाइदिने, उद्योग कलकारखाना खोल्ने, रोजगारी दिने आदि बाचा गर्दै हि“डेका देखिन्छन् । कतिपयले भारी बोकिदिने, किसानका बारीमा हलो जोत्ने, विरामी लिएर अस्पताल जाने, मठमन्दिर धाउने, नाच्नेगाउने आदिइत्यादी गर्नमा व्यस्त छन् । जसरी पनि जनताको मन जितेर चुनावमा निर्वाचित दाउमा उम्मेदवारले गर्न मिल्ने–नमिल्ने, बोल्न मिल्ने–नमिल्ने, गर्न हुने–नहुने सबै काम गरेका छन् । यस्ता क्रियाकलापबाट बन्ने नेताबाट भोलिका दिन मुलुकले निकास पाउ“ला ? भनेर आशा गर्ने ठाउँ देखि“दैन । उनीहरूले के बुझ्नुपर्छ भने ‘भन्नु र गर्नु’मा आकाश जमिनको फरक छ । यसको गतिलो उदाहरण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई लिन सकिन्छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबाट चयन हुने जन प्रतिनिधिको मुख्य काम नयाँ सरकारको गठन गर्ने, कानुन निर्माण गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रममाथि छलफल र अनुमोदन गर्ने, बजेट निर्माण, अनुमोदन एवं कार्यान्वयनमा संलग्न हुने, जनताको आवाज संसद्मा पु-याउने, सरकारलाई जवाफदेही बनाउनेजस्ता रहेका छन् । यसका लागि आवश्यक निम्नतम ज्ञान, अनभव र क्षमता पनि नभएका जनप्रतिनिधि चुनिएको खण्डमा अहिले भएकै संरचनासमेत भताभुंग हुन बेर लाग्दैन । चुनावमा निर्वाचित हुने, मन्त्री बन्ने अनि पजेरो चढेर राष्ट्रिय झण्डा फर्फराउदै हि“ड्नेमात्र सपना देखेर नेता बन्न खोजेकाबाट सचेत हुन जरुरी देखिएको छ । कसैले भन्दैमा मुलुकमा रातारात परिवर्तन हुने होइन । यसका लागि ठोस योजना, संकल्प र समय आवश्यक पर्छ ।

मुलुकको कुनै कानुनमा भ्रष्टाचार गर्न पाइन्छ लेखिएको छैन । यसबावजूद भ्रष्टाचार फैलदै जानुले समस्या व्यक्तिमा मात्र नभई विद्यमान प्रणाली र प्रवृतिमा समेत भन्ने पुष्टि छ । यसको निराकरणका लागि हरेक क्षेत्रमा रहेको व्याप्त वेथिति हटाउनुपर्ने आवश्यकता छ । निडर, अनुभवी, दुरदर्शी एवं इमान्दार व्यक्तिले मात्र यसको नेतृत्व गर्न सक्छ । आगामी चुनावमा यस्तै व्यक्ति नेताका रूपमा चुनिने आशा आमनागरिकले गरेका छन् ।

कोही व्यक्ति चुनावी मैदानमा उत्रि“दैमा नेता बन्न सक्दैन । सामान्य अर्थमा नेता भन्नाले नेतृत्व गर्ने व्यक्ति बुझिन्छ । यस्ता व्यक्ति, जसले अरूलाई मार्गदर्शन गर्छन्, प्रेरणा दिन्छन् एवं लक्ष्य प्राप्तिका लागि अरुसँग सहकार्य गर्दै अगाडि बढ्न सक्छन् । विभिन्न संघसंस्थामा यस्ता व्यक्ति सजिलै भेट्न र देख्न सकिन्छ । कोही शैक्षिक संस्थाको नेतृत्व गरेका छन, कोही बैंकिङ क्षेत्रमा अब्बल देखिएका छन् । कोही कलाकारिता क्षेत्रमा अगाडि देखिन्छन्, कोही पत्रकारिता क्षेत्रमा । यी व्यक्ति विभिन्न क्षेत्रमा सफल र अब्बल देखिए पनि राजनीतिक क्षेत्रको नेतृत्वस“ग भने तुलना गर्न मिल्दैन ।

राजनीतिक नेतृत्वले कुनै एक संघसंस्थाको मात्र जिम्मेवारी लिदैनन् । उनीहरूका का“धमा पूरै मुलुकको जिम्मेवारी रहेको हुन्छ । यसक्षेत्रका नेता जनताका प्रतिनिधि बनेर देश, समाज वा समुदायका लागि निर्णय गर्ने र दिशा तय गर्ने भूमिकामा रहन्छन् । उनीहरू आमजनताको आवाज उठाउने, नीति, नियम र कानुन निर्माण एवं कार्यान्वयन गर्ने, देश विकास र सुशासनका लागि काम गर्ने जिम्मेवारीबाट बाधिएका हुन्छन् । यतिमात्र होइन, उनीहरू आफ्ना कामप्रति उत्तरदायी र जवाफदेहीसमेत बन्नुपर्ने हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने राजनीतिक नेतृत्व सरल र सहज भने पक्कै हुँदैन ।

जसरी अन्य पेशा एवं व्यवसायमा निम्नतम योग्यता, ज्ञान, अनुभव, धैर्यता एवं इमान्दारिता आवश्यक पर्छ । त्यसैगरी असल नेता बन्न पनि यी गुण आवश्यक छ । नेताले जनप्रतिनिधिमात्र नभई, एउटा अभिभावकको भूमिकासमेत निर्वाह गर्न सक्नुपर्ने हुन्छ । जसले मुलुकको रक्षास“गै आमनागरिकका समस्या सम्बोधन गर्न सकोस् । नेता असल व्यवस्थापक पनि हुन् । उनले सबै समस्याको समाधान विवेकपूर्ण तरिकाले गर्न सक्नुपर्छ । कठिन परिस्थितिमा पनि सही र समयमै निर्णय लिन सक्ने क्षमता हुनुपर्छ ।

नेतासँग भविष्यप्रति स्पष्ट योजना र लक्ष्य हुनुपर्छ । उसले आफ्नो समुदाय वा राष्ट्रलाई ‘कुन दिशामा लैजाने ?’ भन्ने स्पष्ट दृष्टि राख्नसक्ने हुनुपर्छ । समयअनुसार परिवर्तन स्वीकार्ने र नयाँ उपाय खोजी गर्नसक्ने नेतामात्र असल नेता बन्न सक्छन् । यसैकारण आगामी प्रतिनिधिसभा निर्वाचनमा सही नेता पहिचान गरेरमात्र मतदान गर्न जरुरी छ । बंगलादेशमा जस्तै पुरानै राजनीतिक दल सत्तामा आउनुपर्छ भन्ने होइन । तथापि, नयाँ अनुहारमा पनि सक्षम र सबल व्यक्तिमात्र चुन्न जरुरी देखिन्छ ।
(लेखकको निजी विचार हो)

The post बंगलादेशको मतपरिणामबाट के सिक्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उकालो logo उकालो

निशा अधिकारीलाई प्रश्न– कलाकारिता छाडेर किन राजनीतिमा आउनुभयो?

उकालो 22 hours ago

गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख नीशा अधिकारी काठमाडौँ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन्। लामो समय चलचित्र क्षेत्रमा बिताएकी उनी कुनै बेला सञ्चारकर्मी पनि थिइन्। २०७० जेठमा सगरमाथा चढेर हिमाल आरोहीको परिचय पनि बनाइन्। केही महिनाअघि मात्र सक्रिय

Explore by Source or Category