npl.977 Nepal News Stream

#Uncategorized

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सामसंगद्वारा ‘माइक्रोवेभ मास्टरक्लास’ सम्पन्न

राजधानी समाचारदाता 10 hours ago

काठमाडौं । सामसंग नेपालले स्मार्ट र रमाइलो होम कुकिंगलाई प्रोत्साहन दिने उद्देश्यले हालै एक विशेष ‘माइक्रोवेभ मास्टरक्लास’ सफलतापूर्वक आयोजना गरेको छ ।

शनिबार अप्रिलमा द्वारका प्यालेसमा आयोजित यस कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो । यस मास्टरक्लासले सहभागीहरूलाई सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गरेको थियो ।

कार्यक्रममा मोडर्न माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउँदा स्वाद र पोषण कायम राख्दै पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने प्रदर्शन गरिएको थियो ।

सहभागीहरूले सामसंगका Solo, Grill र Convection मोडलहरू प्रयोग गरी व्यवहारिक कुकिङ्ग सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाए ।

शेफ उलकले खाना छिटो तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने र मल्टि-स्टेज कुकिङका विभिन्न तरिकाहरू प्रस्तुत गर्दै सामसंगको माइक्रोवेभ लाइनअप व्यस्त जीवनशैली भएका परिवारहरूका लागि स्मार्ट र सहज हुने कुरा प्रष्ट पारे ।

यस मास्टरक्लासले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गरेको थियो । नि:शुल्क दर्ताको सुविधा सहित आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले माइक्रोवेभले कसरी दैनिक दिनचर्या परिवर्तन गर्न सक्छ भन्ने प्रत्यक्ष अनुभव गरे ।

साथै, कार्यक्रममा सामसंग स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शन गर्दै कसरी वाशिङ मेसिन र रेफ्रिजरेटर जस्ता उपकरणहरूलाई लिङ्क गरेर दैनिक कार्यलाई सरल बनाउन सकिन्छ भन्ने पनि देखाइएको थियो ।

इनोभेटिभ किचन समाधानमार्फत ग्राहकहरूलाई सशक्त बनाउने सामसंगको यो प्रयासले परिवारहरूलाई आफ्नै भान्सामा नयाँ परिकारहरू अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

आधुनिक जीवनशैली अनुरूपका यी माइक्रोवेभ रेन्जहरू हाल देशभरका आधिकारिक सामसंग स्टोरहरूमा उपलब्ध छन् ।

The post सामसंगद्वारा ‘माइक्रोवेभ मास्टरक्लास’ सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल न्युज logo नेपाल न्युज

फेरि एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमा,४० औं स्थानमा उक्ल्यो

नेपालन्युज 17 hours ago

काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ ।

बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो ।

प्रति वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ।

यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकको लागि गौरवको विषयको रूपमा व्याख्या गरे।

‘‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’’ उनले भने।

उनका अनुसार, ‘‘टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’’

कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे। ‘‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं,’’ उनले स्पष्ट पारे।

पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ।

‘‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’’ उनले उल्लेख गरे।

क्लबिङ् लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको कुँवरको भनाइ छ ।

एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औँ स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औँ, २०२३ मा ४९ औँ र २०२४ मा ५० औँ स्थानमा परिसकेको छ ।

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

३ बैशाख २०८३

Rajdhani Daily 20 hours ago

Explore by Source or Category