npl.977 Nepal News Stream

GandakNews logo

GandakNews

Gandak News: Gandaki News | GandakiNews | News Gandaki | News Gandak | Gandaki Samachar | Leading News Pokhara | No. 1 News from Pokhara, Gandaki, Nepal

‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक

गण्डक न्यूज | 9 hours ago
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भोलि हुने भनिएको शैक्षिक हड्तालमा विद्यालय बन्द नगर्ने बताएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको थियो । त्यसबारे प्याब्सन र एनप्याब्सनले आइतबार साँझ छलफल पनि गरेका थिए । तर, उनीहरूले विद्यालय बन्द वा खुल्नेबारे केही औपचारिक निर्णय भने गरेका छैनन् ।

भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

गण्डक न्यूज | 9 hours ago
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए ।

प्रधानमन्त्री शुशिला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

गण्डक न्यूज | 9 hours ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा.

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदको हस्ताक्षर

गण्डक न्यूज | 9 hours ago
प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ। एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

राम बहादुर रोकाहा | 11 hours ago
धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१३ छहरीखोलास्थित सामुदायिक बनमा सालको रूख काट्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा ४८ वर्षीय पूर्णबहादुर अधिकारी घाइते भएका थिए ।

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

राम बहादुर रोकाहा | 17 hours ago
स्याङ्जाको हरिनास गाउँपालिकामा आयोजित अन्तर विद्यालयस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृती माध्यमिक विद्यालयले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरिनास गाउँपालिकास्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा जनजागृती माविले ८ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १६ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

राम बहादुर रोकाहा | 22 hours ago
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरबाट छ सय ३१ जना नागरिक लाभान्वित भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि अर्जुनचौपारीका साथै छिमेकी पुतलीबजार र भीरकोट नगरपालिकाबाट समेत सेवाग्राही शिविरमा पुगेका थिए । खुमा अर्याल फाउन्डेसनले अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवन प्राङ्गणमा शिविर आयोजना गरेको हो ।

Explore news by Category