npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo

Artha Sarokar :: Nepal's No.1 Economic News

Artha Sarokar :: Nepal's No. 1 Business News Portal. Brings you Exclusive business news from Nepal and around the world.

फेरि गाडीभाडा बढाउन यातायात व्यवसायीको माग

Sudarshan Shrestha | 46 minutes ago
काठमाडौँ । यातायात व्यवसायीहरुले फेरि गाडी भाडा बढाउन माग गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाडा बढाउन माग गरेको हो । बुधबार रातीदेखि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीहरुले फेरि भाडा बढाउन माग गरेका हुन् ।

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

Supriya Acharya | 49 minutes ago
काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक-पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो ।

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

Sudarshan Shrestha | 1 hour ago
काठमाडौँ । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसबीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो ।

बिहीबार ३३.८३ अंकले घट्यो नेप्से परिसूचक

Supriya Acharya | 1 hour ago
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "बिहीबार ३३.

एनआईसी एशिया बैंकका ४२ वटा शाखा मर्ज हुँदै

Supriya Acharya | 2 hours ago
काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार बिहीबारदेखि विभिन्न स्थानमा रहेका शाखाहरू एकआपसमा गाभिएर सेवा दिनेछन् । बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयहरूबाटनै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ ।

प्रभु बैंक र मर्केन्टाइल अफिस सिस्टमबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

Supriya Acharya | 3 hours ago
काठमाडौँ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रा.लि.

एनआईसी एशिया बैंकद्वारा मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

Supriya Acharya | 3 hours ago
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी-८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

Supriya Acharya | 4 hours ago
काठमाडौँ । बैंङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द

Supriya Acharya | 4 hours ago
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताएका छन् ।

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

Supriya Acharya | 5 hours ago
काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर तीन लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकोContinue reading "सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन शाह 

Sudarshan Shrestha | 7 hours ago
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । अन्तराष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा बालेन परेका हुन् । उक्त प्रभावशाली नेताको सूचीमा बालेन १४औँ नम्बरमा छन् ।

मन्त्रीहरुलाई सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

Sudarshan Shrestha | 7 hours ago
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मन्त्रीहरुलाई सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा लेख्दै उनले यस्तो माग गरेका हुन् । साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका अन्य मन्त्रीहरुलाई आफूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन भनेका छन् । ‘बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है !

दाइजो लेनदेन भएको विवाहमा उपसभामुख सहभागी नहुने !

Sudarshan Shrestha | 8 hours ago
काठमाडौँ । उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने बताएकी छिन् । सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले यस्तो बताएकी हुन् । ‘…दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु ।’, उनले लेखेकी छिन्, ‘कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौँ ।’ दाइजो लिनु वा दिनुContinue reading "दाइजो लेनदेन भएको विवाहमा उपसभामुख सहभागी नहुने !

डिजेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

Sudarshan Shrestha | 8 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार मध्यरातीदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।

आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

Sudarshan Shrestha | 9 hours ago
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । छन् ।

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

Sudarshan Shrestha | 22 hours ago
काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो ।

पूर्वउर्जामन्त्री खड्कालाई थुनामै राख्न अदालतको आदेश

Sudarshan Shrestha | 22 hours ago
काठमाडौँ । सर्वोच्च अदालतले पूर्व उर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले भट्टलाई थुनामै राख्ने आदेश दिएको हो । खड्कालाई उनको घरमा बरामद भएको रकमको अनुसन्धानका लागि भन्दै प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।

कमेडी बाजको एक्सनयुक्त ‘टिजर’ सार्वजनिक, नेपाली रियालिटी शोमा नयाँ प्रयोग

Sudarshan Shrestha | 23 hours ago
काठमाडौँ । नेपाली टेलिभिजन क्षेत्रमा पहिलोपटक ‘एक्सन’ शैली समेटिएको रियालिटी शो ‘कमेडी बाज’ को टिजर सार्वजनिक गरिएको छ । शोको टिजरमा एक्सन तत्वलाई विशेष प्राथमिकता दिइएको देखिन्छ, जसले नेपाली रियालिटी शोको प्रस्तुतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

दरबारमार्गमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाउनेलाई २५ हजार जरिवाना !

Sudarshan Shrestha | 23 hours ago
काठमाडौँ । दरबारमार्गमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाउनेलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको छ । सडकमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाएर प्रदूषण गरेको भन्दै पंकज कुमारलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको हो । उनलाई सार्वजनिक स्थानमा धुलो उडाएर प्रदूषण गरेको र सडक यात्रुलाई असुविधा पुर्याएको भन्दै कारवाही गरिएको महानगरका एक कर्मचारीले पुष्टि गरेका छन् । ती कर्मचारीका अनुसार उनलाईContinue reading "दरबारमार्गमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाउनेलाई २५ हजार जरिवाना !

Explore news by Category