npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

दरबारमार्गमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाउनेलाई २५ हजार जरिवाना !

Sudarshan Shrestha 1 day ago

काठमाडौँ । दरबारमार्गमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाउनेलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको छ । सडकमा ‘डोरम्याट’ टक्टकाएर धुलो उडाएर प्रदूषण गरेको भन्दै पंकज कुमारलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको हो । 

उनलाई सार्वजनिक स्थानमा धुलो उडाएर प्रदूषण गरेको र सडक यात्रुलाई असुविधा पुर्याएको भन्दै कारवाही गरिएको महानगरका एक कर्मचारीले पुष्टि गरेका छन् ।

ती कर्मचारीका अनुसार उनलाई कारवाहीस्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । कारवाही पश्चात उनलाई पुनः यस्ता गतिविधि नगर्ने सर्तमा छाडिएको महानगरका एक कर्मचारीले बताएका छन् । 

त्यस्तै, यस्ता गतिविधिले वातावरण प्रदूषण हुनुका साथै सडक यात्रुको स्वास्थ्यमा असर गर्ने भन्दै यस्ता गतिविधि नगर्न पनि महानगरले आग्रह गरेको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category