npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo

Artha Sarokar :: Nepal's No.1 Economic News

Artha Sarokar :: Nepal's No. 1 Business News Portal. Brings you Exclusive business news from Nepal and around the world.

उर्जा क्षेत्रको सुधारका लागि सरकारको ३२ बुँदे निर्देशन, हाइड्रोपावरको लाइसेन्स अवधि ५० वर्ष बनाइने !

Sudarshan Shrestha | 5 hours ago
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । विद्युत् बजार सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी भएको हो । मन्त्रालयले सबै कार्य योजनाहरू तोकिएको समय सीमाभित्र कार्यान्वयनContinue reading "उर्जा क्षेत्रको सुधारका लागि सरकारको ३२ बुँदे निर्देशन, हाइड्रोपावरको लाइसेन्स अवधि ५० वर्ष बनाइने !

बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सका सिइओसहित ५ जनालाई सोध्यो स्पष्टीकरण

Sudarshan Shrestha | 5 hours ago
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ५ जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सिइओ उपासना पौडेलसहित ५ जनालाई स्पष्टीकरण सोधेको हो । प्राधिकरण स्रोतका अनुसार डेपुटी सिइओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार तथा शिशिर गौरे र सन्तोष केसीसँग स्पष्टीकरण सोधिएको छ ।

आर्थिक वर्षको समय परिवर्तन गर्न चिरीबाबु महर्जनको माग

Sudarshan Shrestha | 5 hours ago
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन् । बिहीवार सिंहदरवारमा आयोजित अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग यस्तो माग गरेका हुन् ।

दुर्गा प्रसाईंको अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश, छलफल गर्दै बैंकहरु !

Sudarshan Shrestha | 6 hours ago
काठमाडौँ । अदालतले व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन आदेश दिएको छ । जिल्ला अदालत झापाले बैंक तथा वित्तीय संस्थाका नाममा यस्तो आदेश जारी गरेको हो । सम्झौता अनुसार ऋण नदिएको भन्दै अस्पतालका अध्यक्ष प्रसाईंले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सविरुद्ध २०८० पुस २६ गते जिल्लाContinue reading "दुर्गा प्रसाईंको अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश, छलफल गर्दै बैंकहरु !

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभि’ योजना, बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका

Supriya Acharya | 6 hours ago
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभि’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभि घर लैजान सक्नेछन् ।

सतर्कता केन्द्रद्वारा ६ सय ३२ कर्मचारीलाई कारबाही सिफारिस

Sudarshan Shrestha | 6 hours ago
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिएका छन् ।

रास्वपाले तोक्यो ‘लेबी’, मन्त्रीहरुले १८ हजार र सांसदहरुले १६ हजार ५ सय तिर्नुपर्ने !

Sudarshan Shrestha | 6 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र मन्त्रीहरुका लागि ‘लेबी’ तोकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरुको ‘लेबी’ तोक्ने प्रस्ताव पारित गरेको हो । योसँगै अब रास्वपाका सांसदहरुले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरुले १८ हजार रुपैयाँ ‘लेबी’ तिर्नुपर्नेछ । त्यस्तै, बैठकले स्वकीयहरुका लागि पनि २ हजार रुपैयाँ ‘लेबी’Continue reading "रास्वपाले तोक्यो ‘लेबी’, मन्त्रीहरुले १८ हजार र सांसदहरुले १६ हजार ५ सय तिर्नुपर्ने !

फेरि गाडीभाडा बढाउन यातायात व्यवसायीको माग

Sudarshan Shrestha | 7 hours ago
काठमाडौँ । यातायात व्यवसायीहरुले फेरि गाडी भाडा बढाउन माग गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाडा बढाउन माग गरेको हो । बुधबार रातीदेखि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीहरुले फेरि भाडा बढाउन माग गरेका हुन् ।

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

Supriya Acharya | 7 hours ago
काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक-पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो ।

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

Sudarshan Shrestha | 7 hours ago
काठमाडौँ । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसबीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो ।

बिहीबार ३३.८३ अंकले घट्यो नेप्से परिसूचक

Supriya Acharya | 8 hours ago
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "बिहीबार ३३.

एनआईसी एशिया बैंकका ४२ वटा शाखा मर्ज हुँदै

Supriya Acharya | 9 hours ago
काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार बिहीबारदेखि विभिन्न स्थानमा रहेका शाखाहरू एकआपसमा गाभिएर सेवा दिनेछन् । बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयहरूबाटनै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ ।

प्रभु बैंक र मर्केन्टाइल अफिस सिस्टमबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

Supriya Acharya | 10 hours ago
काठमाडौँ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रा.लि.

एनआईसी एशिया बैंकद्वारा मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

Supriya Acharya | 10 hours ago
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी-८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

Supriya Acharya | 10 hours ago
काठमाडौँ । बैंङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द

Supriya Acharya | 11 hours ago
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताएका छन् ।

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

Supriya Acharya | 12 hours ago
काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर तीन लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकोContinue reading "सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन शाह 

Sudarshan Shrestha | 13 hours ago
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । अन्तराष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा बालेन परेका हुन् । उक्त प्रभावशाली नेताको सूचीमा बालेन १४औँ नम्बरमा छन् ।

मन्त्रीहरुलाई सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

Sudarshan Shrestha | 14 hours ago
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मन्त्रीहरुलाई सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा लेख्दै उनले यस्तो माग गरेका हुन् । साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका अन्य मन्त्रीहरुलाई आफूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन भनेका छन् । ‘बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है !

Explore news by Category