npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

प्रभु बैंक र मर्केन्टाइल अफिस सिस्टमबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

Supriya Acharya 10 hours ago

काठमाडौँ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रा.लि.का तर्फबाट कार्यकारी निर्देशक सुरज क्षेत्री र प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर ज.ब.रा राणाले एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैंकका कर्मचारीलाई १८ प्रतिशतसम्म तथा ग्राहकहरुले अधिकतम ८ प्रतिशत देखि १५ प्रतिशतसम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टरहरुमा छुट पाउने भएका छन् र क्रेडिटकार्ड प्रयोगकर्ताहरुले इन्स्टा पे बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवा सुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. मा प्राप्त गर्न सकिनेछ ।

बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको जनाएको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category