रास्वपाले तोक्यो ‘लेबी’, मन्त्रीहरुले १८ हजार र सांसदहरुले १६ हजार ५ सय तिर्नुपर्ने !
Sudarshan Shrestha
|
11 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र मन्त्रीहरुका लागि ‘लेबी’ तोकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरुको ‘लेबी’ तोक्ने प्रस्ताव पारित गरेको हो ।
योसँगै अब रास्वपाका सांसदहरुले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरुले १८ हजार रुपैयाँ ‘लेबी’ तिर्नुपर्नेछ ।
त्यस्तै, बैठकले स्वकीयहरुका लागि पनि २ हजार रुपैयाँ ‘लेबी’ तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । यद्यपि यो प्रस्ताव सांसदहरुले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा लागू हुनेछ ।