npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

फेरि गाडीभाडा बढाउन यातायात व्यवसायीको माग

Sudarshan Shrestha 20 hours ago

काठमाडौँ । यातायात व्यवसायीहरुले फेरि गाडी भाडा बढाउन माग गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाडा बढाउन माग गरेको हो ।

बुधबार रातीदेखि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीहरुले फेरि भाडा बढाउन माग गरेका हुन् ।

पछिल्लो पटक भाडा समायोजनपछि नै दुई पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न माग गरिएको यातायात व्यवसायीको भनाई छ । भाडादर समायोजनसँगै उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।

त्यस्तै, महासंघले देशभर सेवा सञ्चालन गर्ने महासंघ सदस्यलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनिकरण गर्न पनि भनेको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category