npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

पूर्वउर्जामन्त्री खड्कालाई थुनामै राख्न अदालतको आदेश

Sudarshan Shrestha 1 day ago

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व उर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले भट्टलाई थुनामै राख्ने आदेश दिएको हो ।

खड्कालाई उनको घरमा बरामद भएको रकमको अनुसन्धानका लागि भन्दै प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो । 

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते उनको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

आन्दोलनका क्रममा उनको घरमा नेपाली र विदेशी नोटहरु जलेका भिडियो सार्वजनिक भएका थिए । विभागले उनको घरबाट जलेका नोटका टुक्राहरु र खरानी संकलन गरेर समेत अनुसन्धान गरेको थियो ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category