npl.977 Nepal News Stream

#NRB

Contents
Insurance Khabar logo Insurance Khabar

सहकारी बैंकको न्यूनतम चुक्तापुँजी रु. २.५ अर्ब निर्धारण, कर्जा लगानीमा यस्ता व्यवस्था

जयराम गौतम 1 hour ago

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सहकारी बैंकको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले सीमित बैंकिङ कारोबार गर्ने गरी लाइसेन्स लिएका सहकारी बैंकका लागि निर्देशन, २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। अब त्यस्ता सहकारी बैंकको न्यूनतम चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ हुनेछ।

निर्देशनअनुसार सहकारी बैंकको पुँजी साधारण शेयरले मात्र बनेको हुनुपर्नेछ। सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिका आधारमा प्राथमिक पुँजी ४ प्रतिशत र कुल पुँजीकोष ८ प्रतिशत कायम गर्नुपर्नेछ। पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पूरक पुँजीको यो सम्झनुपर्नेछ।

सहकारी बैंकको ऋण वा कर्जा सीमा

सहकारी बैंकले एउटै सदस्य वा आपसी सम्बन्ध भएका सदस्यहरुको समूहलाई प्रदान गर्नसक्ने ऋण वा कर्जाको सीमा सदस्य संस्थाको कुल सम्पत्तिको १५ प्रतिशतसम्म वा सहकारी बैंकको अघिल्लो त्रमासको कुल साधारण शेयरको २० प्रतिशतमध्ये जुन कम हुन्छ सो बराबर कायम गनुपर्नेछ। उक्त सीमाभित्र ऋण वा कर्जा बक्यौता नरहेमा सहकारी बैंकले २०८३ असार मसान्तभित्रमा यस्तो सीमा कायम गरी सक्नुपर्नेछ।

  • ऋणवा कर्जा सापट तथा सुविधा सीमाको प्रयोजनका लागि आपसी सम्बन्ध भएका सदस्य संस्थाहरुको समूहलाई देहायका अवस्थामा एउटै समूह मानिनेछ। आपसी सम्बन्ध भन्नालेः

(क) कुनै सहकारी संस्थाले सहकारी ऐनबमोजिम अन्य सहकारी संस्थाको सदस्यता लिई १० प्रतिशत शेयर लिएको भए ती सहकारी संस्थाहरु।

(ख) एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नुपर्ने दाजु, भाइ, तथा दिदी, बहिनी दुई वा सोभन्दा बढी सहकारी संस्थाका सञ्चालक भएमा त्यस्ता सहकारी संस्थाहरु।

  • यस निर्देशनमा उल्लेख गरिएको सीमाभन्दा बढी ऋण वा कर्जा प्रदान गरेमा त्यसबाट उत्पन्न हुने अधिकेन्द्रित जोखिम खाम्नका लागि सीमाभन्दा बढी प्रदान गरिएको ऋण वा कर्जा रकममा सतप्रतिशत ऋण वा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।
  • यो निर्देशन लागू भएको मितिपछि स्वीकृत वा नवीकरण हुने बिना धितो ऋणमा सहकारी बैंकले सदस्य ऋणी संस्थाको सञ्चालक समितिको सामूहिक जमानीमा बिना धितो सुरक्षण कुल रु. २५ लाखसम्म ऋण प्रवाह गर्न सक्नेछ। यसरी प्रवाह भएको ऋण बढीमा रु. ५ लाखसम्मको लघुकर्जा प्रदान गर्ने प्रयोजनको लागि मात्र सदस्य ऋणी सदस्य संस्थाले प्रयोग गर्नुपर्नेछ। यस्तो प्रकारको ऋण वा कर्जा सञ्चालकबाहेकका सदस्यले मात्र प्रयोग गर्न पाइनेछ।
  • सहकारी बैंकले आफ्ना सदस्य ऋणी सहकारी संस्थालाई परियोजनाको सुरक्षणमा कुल परियोजना मूल्यको बढीमा ८० प्रतिशतसम्म मात्र हुने गरी किस्ताबन्दीमा ऋण प्रवाह गर्ने सर्तमा ऋण प्रवाह गर्न सक्नेछ।
  • सहकारी बैंकले सदस्य संस्थाको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्नेछ।
  • सहकारी बैंकले ऋण वा कर्जा प्रवाह गर्दा सदस्य संस्थाको ऋण लिने क्षमता मूल्यांकन गरेको सुनिश्चित गर्नुपर्नेछ।
  • सहकारी बैंकले प्रचलित कानुन तथा निर्देशनको अधिनमा रही रियलस्टेटमा कुल ऋण वा कर्जाको बढीमा १० प्रतिशत र रियलस्टेट एवं आवासीय घर कर्जा दुवैमा गरी कुल ऋण वा कर्जाको बढीमा २५ प्रतिशतसम्म ऋण वा कर्जा प्रवाह गर्न सक्नेछ।
Notice-14_NCBL

 

Insurance Khabar logo Insurance Khabar

झनै लचक मौद्रिक नीति, अर्थतन्त्रमा मनोबल बढ्ला ?

जयराम गौतम 6 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरिएका व्यवस्थालाई थप लचक बनाउँदै कार्यान्वयनमा ल्याएसँगै बैंकिङ प्रणालीमा दबाब कम हुने र कर्जा प्रवाहलाई गति दिने अपेक्षा गरिएको छ।

संशोधित एकीकृत निर्देशन, २०८१ ले कर्जा वर्गीकरण, पुनर्संरचना, धितो व्यवस्थापन तथा ऋण भुक्तानी आम्दानी अनुपात (डीएसआर) सम्बन्धी व्यवस्थामा उल्लेखनीय सहजता दिएको हो। तर, नीतिगत लचकता मात्रले निजी क्षेत्रको मनोबल उठ्छ कि उठ्दैन भन्ने प्रश्न भने कायमै छ।

जानकारहरुका अनुसार हालको अवस्थामा राष्ट्र बैंकले मात्र मौद्रिक नीति लचक बनाउँदैमा अर्थतन्त्र सुदृढ हुने अवस्था देखिँदैन। बैंकिङ प्रणालीमा तरलता प्रशस्त हुनु, ब्याजदर न्यून रहनु र कर्जा प्रवाहका नियमहरु सहज बन्नु सकारात्मक संकेत भए पनि समग्र अर्थतन्त्र चलायमान बनाउन यतिमात्रै पर्याप्त नभएको उनीहरुको तर्क छ। निजी क्षेत्रको मनोबल कमजोर हुनुको मुख्य कारण माग संकुचन र सरकारी गतिविधिको सुस्तता भएको भन्दै उनीहरुले नीतिगत लचकता प्रभावकारी बन्न नसक्ने बताएका छन्।

विशेषगरी सरकारको पुँजीगत खर्च न्यून रहँदा अर्थतन्त्रमा पैसा प्रवाह नै हुन नसकेको जानकारहरुको भनाइ छ। विकास निर्माण, पूर्वाधार, ठेक्का तथा सार्वजनिक परियोजनाबाट बजारमा जाने रकमले निजी क्षेत्रलाई काम, आम्दानी र लगानीको वातावरण सिर्जना गर्ने भए पनि चालु खर्चमै सीमित बजेट कार्यान्वयनले अर्थतन्त्रमा गति आउन नसकेको उनीहरुको विश्लेषण छ। पुँजीगत खर्च समयमै र प्रभावकारी रुपमा हुन नसक्दा निजी क्षेत्रले कर्जा लिएर लगानी गर्ने वातावरणसमेत बन्न सकेको छैन।

यहीबीच राष्ट्र बैंकको नयाँ नीतिअनुसार सहवित्तीयकरणमा परिणत नभएका, पारिपासु सम्झौता गरिएका अल्पकालीन चालु पुँजी कर्जालाई वाच लिस्टमा राख्नुपर्ने व्यवस्था हटाइएको छ। यसले बैंक तथा वित्तीय संस्थामाथिको तत्कालको प्रोभिजन दबाब कम गर्ने अपेक्षा गरिएको छ। साथै, लिलामी प्रक्रिया सुरु भइसकेपछि नियमित भएका कर्जालाई अनिवार्य रुपमा खराब वर्गमा राख्न नपर्ने व्यवस्थाले बैंकहरुको नाफामा सकारात्मक प्रभाव पार्ने देखिएको छ।

यसअघि अदालतमा मुद्दा चलेका वा लिलामी प्रक्रियामा गएका कर्जासमेत खराब वर्गमा राख्नुपर्ने बाध्यताका कारण बैंकहरु कर्जा प्रवाहमा सतर्क बनेका थिए। नयाँ व्यवस्थाले भने पुनः सञ्चालनमा आउन सक्ने कर्जालाई राहात दिएको बैंकर्सहरुको बुझाइ छ। यसका कारण आगामी त्रैमासमा बैंकहरुको नाफा सुधार हुने संकेत देखिएको छ।

किस्ताबन्दी कर्जामा पनि राष्ट्र बैंकले लचकता अपनाएको छ। ऋणीको आम्दानी र भुक्तानी क्षमता विश्लेषण गरी वर्षमा एक पटकसम्म किस्ता रकम परिवर्तन गर्दा थप कर्जा नोक्सानी व्यवस्था गर्न नपर्ने व्यवस्थाले व्यक्तिगत तथा साना व्यवसायी ऋणीलाई सहजता दिने अपेक्षा गरिएको छ।

पूर्वाधार क्षेत्रमा लगानी बढाउने उद्देश्यसहित राष्ट्र बैंकले हाइड्रोपावर, केवलकार, सिमेन्ट, तारे होटलजस्ता राष्ट्रिय प्राथमिकताका परियोजनामा पुनर्तालिकीकरण र पुनर्संरचनालाई थप सहज बनाएको छ। निश्चित सर्त पूरा भएमा यस्ता कर्जालाई असल कर्जाकै रुपमा वर्गीकरण गर्न सकिने र एक प्रतिशत मात्रै नोक्सानी व्यवस्था कायम गर्न पाउने व्यवस्थालाई दीर्घकालीन लगानीमैत्री कदमका रुपमा हेरिएको छ।

धितो व्यवस्थापनसम्बन्धी व्यवस्थामा पनि राष्ट्र बैंकले स्पष्टता ल्याएको छ। तीनपटकसम्म लिलामी गर्दा नबिकेको धितो मात्र बैंकले सकार गर्नुपर्ने, बजारमूल्यका आधारमा मूल्यांकन गर्नुपर्ने तथा घाटा भए सोही वर्ष खर्च लेख्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ। यसले गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा अनुशासन बढाउने अपेक्षा गरिएको छ।

यद्यपि जानकारहरु मौद्रिक र वित्तीय नीतिबीच समन्वय अपरिहार्य रहेको बताउँछन्। राष्ट्र बैंकले कर्जा प्रवाह सहज बनाउने र जोखिम नियन्त्रण गर्ने भूमिका खेले पनि अर्थतन्त्रमा वास्तविक चलायमानता ल्याउने जिम्मेवारी सरकारकै हातमा रहने उनीहरुको निष्कर्ष छ। सरकारको पुँजीगत खर्च बढेपछि मात्र बजारमा माग सिर्जना हुने, निजी क्षेत्रको विश्वास फर्किने र राष्ट्र बैंकको लचक नीतिको वास्तविक प्रभाव देखिने उनीहरु बताउँछन्।

Insurance Khabar logo Insurance Khabar

बैंकिङ प्रणालीबाट आज फेरि रु. २० अर्ब खिच्दै राष्ट्र बैंक

जयराम गौतम 8 hours ago

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

केन्द्रीय बैंकले आज पुस ६ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ८४ दिने निक्षेप संकलन उपकरणको आउँदो चैत १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

Explore by Source or Category