npl.977 Nepal News Stream

#cg

Insurance Khabar logo Insurance Khabar

सीजी ब्रान्डद्वारा नयाँ वार्षिक अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक

नानु खड्का (निर्जला) 9 hours ago

काठमाडौं । सीजी ब्रान्डले नयाँ वर्ष २०८३ का लागि आफ्नो वार्षिक ब्रान्ड अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक गरेको छ ।नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्षको अवसरमा उक्त अभियान घोषणा गरेको हो । यससँगै ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ भन्ने नारासहित विशेष उपहार योजना पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।

गत वर्ष सञ्चालन गरिएको ‘लेभल अप’ अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो । सो अभियानअन्तर्गत कम्पनीले एआई टिभी, एआई एयर फ्रायर, कराओके टिभी तथा १०० इन्चको ठूलो टेलिभिजनजस्ता अत्याधुनिक उत्पादनहरू सार्वजनिक गरेको थियो ।

यस वर्षको ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ अभियानमार्फत ग्राहकको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत प्रिमियम जीवनशैलीको अनुभव, आकर्षक उपहार योजना तथा बम्पर लक्की ड्रमार्फत भाग्यशाली ग्राहकलाई विशेष पुरस्कार प्रदान गरिने बताएको छ ।

त्यस्तै, खरिदमा क्यूआर कोड स्क्यान गरी दर्ता भएपछि ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुने व्यवस्था गरिएको छ । सीजीले नागरिकता मात्रको आधारमा शून्य प्रतिशत ईएमआई सुविधा वर्षभरि उपलब्ध गराउने जनाएको छ ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा दिँदै आएको सीजी इलेक्ट्रोनिक्सले देशभर २१ वटा शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिदको सुविधा पनि उपलब्ध गराएको छ ।

कम्पनीले ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ अभियानमार्फत उपभोक्तालाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवासहित उत्कृष्ट जीवन अनुभव दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Explore by Source or Category