npl.977 Nepal News Stream

#nepse

Insurance Khabar logo Insurance Khabar

नेप्से र यी ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता

जयराम गौतम 8 hours ago

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ।

बुब बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेले ती कम्पनीसँग सम्झौता गरेको हो। यसरी सम्झौत गर्ने कम्पनीहरुमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।

बुक बिल्डिङ विधिमार्फत नर्भिक इन्टरनेसनल हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टिल्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछन्।

Explore by Source or Category