रिलायन्सको आइपिओ: पाटन उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी, आइपीओ रोक्न अन्तरिम आदेश दिन अस्वीकार !
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओविरुद्ध परेको रिटमा उच्च अदालतले आइपीओ रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल धितोपत्र बोर्डलाई विपक्षी बनाएर शम्भु कुमार आचार्यले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यद्यपी अदालतले कारण देखाऊ आदेश भने जारी गरेको छ । आइपीओ स्वीकृति दिने कारणबारे अव बोर्डले अदालतलाई जवाफ पठाउनुपर्नेछ ।
आइपीओ रोक्न अन्तरिम आदेश दिन अस्वीकार भएकाले आइपीओ भने निष्कासन हुनेछ । यसअघि बैदेशिक रोजगारीका लागि गएकाहरुको हकमा आइपीओ निष्कासन भई बाँडफाँटसमेत भईसकेको छ ।