npl.977 Nepal News Stream

Himal Press logo

Himal Press

Dot NewsyNepal Media and Research Pvt Ltd.

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

Dhairya Kanta Dutta | 3 hours ago
काठमाडौँ– अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ। विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैररकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए।

गैँडाको खागसहित चार जना पक्राउ

Keshav Rana Chhetri | 3 hours ago
काठमाडौँ- सुनसरीको बर्जु गाउँपालिका–६, बर्जुतालको पूर्वी गेट इलाकाबाट आज (बिहीबार) बेलुका गैँडाको खागसहित चार जना पक्राउ परेका छन्। खागको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

आफ्नै ‘दाहिने हात’ को घेराबन्दीमा ओली

Madhav P. Nepal | 3 hours ago
काठमाडौँ- नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ नेतृत्व स्थापित गर्ने उद्देश्यसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एकै मोर्चामा उभिएका छन्। लामो समय ओलीका निकट मानिएका दुई नेताको यो एकताले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको बहसलाई तीव्र बनाएको छ। यद्यपि यसको समय र उद्देश्यबारे प्रश्न उठ्न थालेका छन्।

सम्पत्ति छानबिनको दायरा बढाउन सरकारलाई कांग्रेसको सुझाव

Dhairya Kanta Dutta | 4 hours ago
काठमाडौँ- नेपाली कांग्रेसले उच्च तहका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बढाउन सरकारलाई ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०६३ अघिका अवधिसम्म समेत छानबिनको दायरा विस्तार गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो।

चौबीसै घण्टा पूर्वसूचना प्रणाली सेवा सञ्चालन गरिने

Keshav Rana Chhetri | 4 hours ago
काठमाडौँ- आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ।

सर्वोच्चले भन्यो – खड्काको थुना कानुनसम्मत देखिएन

Dhairya Kanta Dutta | 4 hours ago
काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गदै थुनामुक्त गर्न आदेश दिएको हो। पूर्वऊर्जामन्त्रीसमेत रहेका खड्कालाई प्रहरी सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको थियो।

संविधानप्रति वर्तमान सरकार पूर्ण बफादार छ : अर्थमन्त्री वाग्ले

Keshav Rana Chhetri | 5 hours ago
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकार पूर्ण बफादार रहेको बताएका छन्। बिहीबार अर्थमन्त्रालयमा बसेको अन्तर–सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा विषयहरूलाई सहमतिमार्फत नै संशोधन गरिने समेत बताए। करिब दुई तिहाइ नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो कि भन्ने आशंका नगर्न उनले आग्रह गरे।

सभामुखले गरे विषयगत समितिका सदस्यहरूको नामावली हेरफेर

Keshav Rana Chhetri | 6 hours ago
काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन्। सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका हुन्।

मधेशका मुख्यमन्त्री भन्छन् – प्रधानमन्त्रीमा काम गर्ने हुटहुटी रहेको पाएँ

Dhairya Kanta Dutta | 6 hours ago
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्री वालेन्द्र शाहमा काम गर्ने हुटहुटी रहेको आफूले पाएको बताएका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको भेटपछि यादवले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीमा काम गर्ने इन्टेनसन रहेको मैले पाएँ,’ मुख्यमन्त्री यादवले हिमालप्रेससँग भने,‘कुरालाई अल्झाउनेभन्दा समाधान दिनुपर्छ भन्ने दृष्टिकोण प्रधानमन्त्रीको रहेछ।

कृषिमन्त्री र एडीबीका नेपाल निर्देशकबीच भेट

Keshav Rana Chhetri | 6 hours ago
काठमाडौँ- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन्। कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

कांग्रेसको आधिकारिकता विवाद : ‘हेर्दाहेर्दै’ मा

Dhairya Kanta Dutta | 6 hours ago
काठमाडौँ- नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ। रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि रिटमाथि सुनुवाइ सुरू भएको हो। मुद्दामाथि शुक्रबार सुनुवाइ जारी रहने सर्वोच्चले जनाएको छ।

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको साढे दुई घन्टा छलफल, के भयो कुराकानी?

Dhairya Kanta Dutta | 7 hours ago
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगायतका विषयमा जानकारी लिएका हुन्। स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए।

‘संकटको संघार’ मा विश्व अर्थतन्त्र

Dhairya Kanta Dutta | 7 hours ago
काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अमेरिका-इजरायलको इरानसँगको युद्ध जारी रहे र ऊर्जाको उच्च मूल्य कायम रहे विश्व अर्थतन्त्रमा मन्दीपछि संकट बढ्ने चेतावनी दिएको छ। आफ्नो ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनमा आईएमएफले तेल, ग्यास र खाद्यान्न मूल्य यस वर्ष र अर्को वर्ष पनि बढिरहेमा विश्वको आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिएको हो।

नेपाली दूतावासहरूमा मनाइयो आरोग्यता दिवस

Keshav Rana Chhetri | 7 hours ago
काठमाडौँ- विभिन्न देशमा रहेका नेपाली राजदूतावासहरूले आरोग्यता दिवस मनाएका छन्। बुधबार उनीहरूले विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन्। जापानस्थित नेपाली दूतावासले ‘सिंगिङ बल’को प्रदर्शनी र प्रयोगात्मक गरिएको तथा नेपालको ट्रेकिङ रुट एवं साहसिक पर्यटन क्षेत्रसम्बन्धी प्रचारप्रसार सामग्री वितरण गरेको थियो।

प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल

Ramesh Dawadi | 8 hours ago
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका थिए। कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन्।

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन पक्राउ

Ramesh Dawadi | 8 hours ago
दाङ- सरकारी छाप दुरुपयोगका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ।

सबै विषयगत समितिमा एकल उम्मेदवारी

Dhairya Kanta Dutta | 8 hours ago
काठमाडौँ- संघीय संसदका सबै विषयगत समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ। प्रतिनिधिसभाअन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) का विषयगत समितिका सभापतिमा एकल उम्मेदवारी परेको हो। एकल उम्मेदवारी दर्ता भएसँगै समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुने पक्का भएको छ।

कवितामा नअटेको कथा ‘सलह’ मा

Madhav P. Nepal | 8 hours ago
काठमाडौँ- कवि एवं गीतकार श्रवण मुकारुङको ‘सलह’ नामक उपन्यास बजारमा आएको छ। उनले यो उपन्यास झन्डै तीन वर्ष लगाएर लेखेका हुन्। ४२ वर्ष लेखनीमा बिताएका मुकारुङको ‘सलह’ पहिलो उपन्यास हो। यसअघि उनको चिनारी नाटकककार, कवि र गीतकारका रूपमा थियो। अब उनको विशेषण उपन्यासकारका रूपमा थपिएको छ। मुकारुङ छोटो र स्वादयुक्त कविता-गीतका रचनाकार हुन्।

Explore news by Category