Madhav P. Nepal
|
8 hours ago
काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशनपछि पार्टीभित्र दुई लाइन संघर्ष देखा परेको छ। पार्टीमा देखा परेको दुई लाइन संघर्षले अध्यक्ष केपी शर्मा ओलीको मनोमानी कम हुने विश्वास एमाले नेताहरूले गरेका छन्। यसबाट पार्टी संगठन चुस्तदुरुस्त बन्ने उनीहरू बताँछन्। अघिल्लो कार्यकालमा दुई लाइन नहुँदा अध्यक्ष केपी शर्मा ओलीमाथि मनलाग्दी रूपमा पार्टी चलाएको आरोप लागेको थियो।
Keshav Rana Chhetri
|
8 hours ago
Dhairya Kanta Dutta
|
8 hours ago
काठमाडौँ- दक्षिण अफ्रिकाको एक मदिरा पसलमा भएको गोलीबारीमा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार जोहानेसबर्गनजिकैको बेकर्सडाल क्षेत्रमा घटना भएको हो। गोलीबारीमा सात पुरुष र दुई महिलाको मृत्इु भएको प्रहरीले जनाएको छ।
Keshav Rana Chhetri
|
8 hours ago
Keshav Rana Chhetri
|
9 hours ago
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्। रास्वपाका तर्फबाट उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व सांसद, शिशिर खनाल, सोबिता गौतमलगायत सहभागी छन्।
Dhairya Kanta Dutta
|
9 hours ago
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
Keshav Rana Chhetri
|
9 hours ago
काठमाडौँ- आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन्। सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
Dhairya Kanta Dutta
|
9 hours ago
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्। आइतबार अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्वसचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Keshav Rana Chhetri
|
9 hours ago
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्। पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुने गरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्ने बताएका हुन्।
Keshav Rana Chhetri
|
10 hours ago
काठमाडौँ- सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका-४, माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
Dhairya Kanta Dutta
|
10 hours ago
काठमाडौँ- संसद पुनः स्थापनाको माग गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट विघटित प्रतिनिधिसभाका सांसदहरूले छुट्टाछुट्टै रिट पेस गर्ने भएका छन्। संसद पुनः स्थापनाको माग गर्दै यसअघि दर्ता भएका रिटलाई समर्थन गर्दै उनीहरूले पुरक निवेदन दिन लागेका हुन्।
Keshav Rana Chhetri
|
11 hours ago
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएकी छन्। आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं. २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह समेत गरिन्।
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताएका छन्। राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्योजित समितिको आइतबार बसेको संयुक्त बैठकमा उनले पदबहाली गर्दा आफूले कानुनी भाषालाई सबैले बुझ्नसक्ने सरल र एकरुपता कायम गर्ने निर्णय गरेको स्मरण गराए।
Ramesh Dawadi
|
12 hours ago
कास्की- रोजगारीका क्रममा विदेशका संघर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको संघर्ष र सफलताका कथा यतिखेर अरूका लागि पनि अनुकरणीय बनेको छ। खनाल आफ्नो निरन्तरको संघर्षले अहिले आफू स्वरोजगार छन् र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आएका छन्।
Keshav Rana Chhetri
|
12 hours ago
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन भाँड्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन्। आइतबार पार्टी कार्यालय वनस्थलीमा पुगेर समर्थकलाई सम्बोधन गर्दै लामिछानेले संसद् पुनर्स्थापनाका नाममा निर्वाचन भाँड्ने षड्यन्त्र गर्न खोजिएको भन्दै यस्तो षड्यन्त्र नगर्न चेतावनी दिएका हुन्।
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए।
Keshav Rana Chhetri
|
12 hours ago
Ramesh Dawadi
|
12 hours ago
Dhairya Kanta Dutta
|
13 hours ago
जनकपुरधाम- मधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रहेका यादव आइतबार सभामुखमा निर्वाचित भएका हुन्। उनी ७२ मत प्राप्त गरेर सभामुखमा निर्वाचित भएका हुन्। त्यस्तै नेकपा एमालेका तर्फबाट सभामुखमा उम्मेदवारी दिएका त्रिलोकी प्रसादले २४ मत प्राप्त गरे। प्रदेशसभामा एमालेका २४ सांसद छन्।
Dhairya Kanta Dutta
|
13 hours ago
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो।