npl.977 Nepal News Stream

Himal Press logo Himal Press

गैँडाको खागसहित चार जना पक्राउ

Keshav Rana Chhetri 9 hours ago

काठमाडौँ- सुनसरीको बर्जु गाउँपालिका–६, बर्जुतालको पूर्वी गेट इलाकाबाट आज (बिहीबार) बेलुका गैँडाको खागसहित चार जना पक्राउ परेका छन्।

खागको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोलमोलाई गरिरहेकै अवस्थामा उल्लेखित वस्तुसहित बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, सोही गाउँपालिका–५, अमाहीबेला बस्ने ३३ वर्षीय रविनकुमार यादव र मोरङ पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ वर्षीय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले उनीहरूलाई उल्लेखित वस्तु तथा प्र १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल, चार थान मोबाइल सेट तथा करिब ६ हजार रूपैयाँसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कारबाहीको लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Read more news from Himal Press

Explore by Source or Category