Keshav Rana Chhetri
|
40 minutes ago
मध्यविन्दु (नवलपरासी)- यहाँका बोटे समुदाय परम्परागत पेसामै निर्भर छन्। पुस्तौँदेखि माछा मार्ने, डुंगा चलाउने र ज्याला मजदुरी गर्ने पुर्ख्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो। शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन।
Keshav Rana Chhetri
|
1 hour ago
काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको छ। ‘एकै योजना बहु–लाभ! सबै नारीका लागि सजिलो पहुँच!’ नाराका साथ सार्वजनिक गरिएको योजना हो। ‘महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो।
Keshav Rana Chhetri
|
1 hour ago
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज (शुक्रबार) १४ किलो ५७० ग्राम गाँजासहित प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। दिल्लीबाट आएका तीन जना र थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आएका एक जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो। बिहान साढे ६ बजे करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परे।
Keshav Rana Chhetri
|
1 hour ago
काठमाडौँ- काठमाडौँको सुन्धारास्थित धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौँ महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारीसाधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो।
Keshav Rana Chhetri
|
2 hours ago
काठमाडौँ- काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ। आज (शुक्रबार) दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआई) ९९ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआई १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ ।
Madhav P. Nepal
|
3 hours ago
काठमाडौँ- नेपालको व्यापार घाटा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा १०.९१ प्रतिशतले बढेर नौ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
Susmita Bajagain
|
3 hours ago
काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रणी’ युट्युबमा सार्वजनिक गरिएको छ। फिल्म काठमाडौँ महानगरपालिकामा पूर्वमेयर बालेन्द्र शाहको अफिसियल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो। २४ घण्टामा फिल्मले साढे ६ लाख भ्युज बटुल्न सफल भएको छ। शुक्रबार दिउँसोसम्म फिल्मले ६ लाख ५५ हजारभन्दा बढी भ्युज कमाएको छ। फिल्म हेरेपछि करिब ५ हजारले प्रतिक्रिया दिएका छन्।
Keshav Rana Chhetri
|
3 hours ago
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकीत झन्डा जलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Keshav Rana Chhetri
|
4 hours ago
गण्डकी- प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छन्। पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१ औँ विशेष सभाको अध्यक्षता गर्नेछन्। सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिस्ट पारित गर्नेछ।
Ramesh Dawadi
|
4 hours ago
Ramesh Dawadi
|
4 hours ago
Madhav P. Nepal
|
5 hours ago
गुल्मी- फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको नजिकिँदै गर्दा गुल्मी क्षेत्र नम्बर १ मा चुनावी उत्साह बढेको छ। यस क्षेत्रमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली राष्ट्रिय राजनीतिमा प्रभाव बनाएका र अनुभवी नेता हुन्। यसैगरी अर्का उम्मेदवार नेकपाका सुदर्शन बराल नेकपाको प्रदेश राजनीतिमा प्रभावशाली मानिन्छन्।
Ramesh Dawadi
|
5 hours ago
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र भैरहवाका चुनावीसभा स्थगित गरेको छ। पार्टीकी सहप्रवक्ता प्रतिभा रावलको भनाइमा भैरहवामा शनिबार र पोखरामा आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। अन्तिम समयमा दुवै कार्यक्रम रोकिएको हो।
Ramesh Dawadi
|
5 hours ago
रुपन्देही- ‘मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या भनेकै बाटोको हो, सडक राम्रो नहुँदसम्म जीवन सहज हुँदैन’, रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा पर्ने मर्चवारी-३ सिसो सेमराका ओमप्रकाश कान्दुले भने। कान्दुजस्ता रुपन्देही-४ का मतदाताको आमसमस्या सडककै हो। एम्बुलेन्स र दमकल ल्याउन पनि समस्या हुने गरेको उनको गुनासो छ।
Ramesh Dawadi
|
5 hours ago
काठमाडौँ- सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दा बढी जनशक्ति जिल्लामा खटिएका छन्। सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन्।
Ramesh Dawadi
|
6 hours ago
काठमाडौँ- साहित्यकार डा.रमेश शुभेच्छु मकवानपुरमा सम्मानित भएका छन्। मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले डा.शुभेच्छुलाई होमनाथ टीकामाया प्रतिभा सम्मानबाट सम्मान गरेको हो। झरना साहित्य परिवारका विविध पुरस्कारहरूमध्ये सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार उनलाई समर्पण गरिएको हो। पुरस्कारको राशि २१,१२१ रहेको छ।
Madhav P. Nepal
|
6 hours ago
काठमाडौँ- नइ एकेडेमीले नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत १२ जना प्राध्यापकलाई नइ प्रज्ञा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको नरेन्द्रराज प्रसाईले जानकारी दिए। यी पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ।
Susmita Bajagain
|
6 hours ago
काठमाडौँ- अभिनेत्री नीति शाहले विवाह गरेकी छन्। उनले इन्जिनियर याञ्चित राणासँग विवाह गरेकी हुन्। झम्सिखेलस्थित न्यु प्लाजामा शुक्रबार आज उनीहरूको वैवाहिक समारोह चलिरहेको छ। यसपटक उनीहरूले परम्परागत विधिअनुसार विवाह गरेका हुन्। यसअघि गत वैशाखमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए। उनीहरूले प्रेम विवाह गरेका हुन्।
Ramesh Dawadi
|
7 hours ago
कञ्चनपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ। तर, यसपटक मुक्त हलियाहरू मौखिक आश्वासन सुन्ने पक्षमा छैनन्। राष्ट्रिय मुक्त हलिया समाज महासघ नेपालले कञ्चनपुरका उम्मेदवारलाई लक्ष्य गरी नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षरसहितको लिखित बाचा माग गरेपछि चुनावी माहोलमा नयाँ बहस सृजना भएको छ।
Susmita Bajagain
|
7 hours ago
काठमाडौँ- ओएसआर डिजिटल युट्युबबाट डायमण्ड प्ले बटन प्राप्त गर्ने नेपालकै पहिलो च्यानल बनेको छ। नेपाली मनोरञ्जन क्षेत्रमा ओएसआरले फिल्म र म्युजिक इन्टरटेन्टमेन्ट अन्तर्गत १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गरेवापत उक्त बटम पाएको हो। ओएसआर डिजिटलले सञ्चालनको २५ वर्ष लामो यात्रामा भीसीडी र डीभीडीको युगदेखि डिजिटल प्लेटफर्मसम्मको रूपान्तरण पार गरेको छ।