npl.977 Nepal News Stream

#unitedmodihydropoweragm

Insurance Khabar logo Insurance Khabar

आजसम्म शेयर किन्नेले यूनाइटेड मोदी हाइड्रोपावरको प्रस्तावित लाभांश पाउने

नानु खड्का (निर्जला) 12 hours ago

काठमाडौं । आजसम्म शेयर किन्नेले यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रस्तावित लाभांश पाउने भएका छन् । कम्पनीले १२औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि वैशाख ४ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर तिर्नका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको छ।

सभाले अन्य कम्पनीहरूमा लगानी सहज बनाउन होल्डिङ कम्पनीको रूपमा विकास गर्नका लागि कम्पनीको नाम परिवर्तन र सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्य संशोधन गर्ने, हकप्रद निष्काशन गर्ने र यसका लागि आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

Explore by Source or Category