npl.977 Nepal News Stream

Nepali Link

Nepali Link

Contents

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

Narendra Basnet 9 hours ago

काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।

साथै, दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।

नेपाली दूतावास लन्डन र केम्यान मन्त्रीबीच भेट, श्रमिक समस्यामा सहकार्यको प्रतिबद्धता

Narendra Basnet 10 hours ago

लण्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले केम्यान आइल्याण्डका रोजगार तथा अध्यागमन मन्त्री माइकल माइल्ससँग भेटवार्ता गरेका छन्।

ग्रान्ड केम्यानस्थित सरकारी प्रशासन भवनमा भएको उक्त भेटमा नेपाली आप्रवासी श्रमिकहरूको अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा समाधानका उपायबारे छलफल भएको थियो। भेटका क्रममा दुवै पक्षले नेपाली श्रमिकहरूको हित संरक्षणका लागि दुई देशबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।

यसअघि कार्यवाहक राजदूत दुवाडीले केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनसँग पनि भेटवार्ता गरेका थिए। गभर्नर ओवेन बेलायती राजा चार्ल्स तृतीयका प्रतिनिधि हुन् र उनी त्यहाँको सरकार प्रमुखको भूमिकामा पनि रहन्छिन्। नेपाल सरकारको तर्फबाट केम्यान आइल्याण्डमा भएको यो पहिलो उच्चस्तरीय औपचारिक भ्रमण हो।

केम्यान आइल्याण्डमा हाल करिब दुई हजार नेपाली नागरिक बसोबास गर्छन्। उनीहरूको सुविधालाई ध्यानमा राख्दै लण्डनस्थित नेपाली राजदूतावासले अप्रिल १४, २०२६ मा जर्ज टाउनमा विशेष घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविर सम्पन्न  गरेको छ।

उक्त शिविरमार्फत राहदानी नवीकरण तथा कन्सुलर सेवा स्थानीय स्तरमै उपलब्ध गराइएकाले त्यहाँ रहेका नेपालीहरूलाई ठूलो सहजता भएको दूतावासले जनाएको छ। नेपाली दूतावासमा प्रत्यक्ष पुग्न असहज हुने अवस्थालाई मध्यनजर गर्दै लण्डनस्थित दूतावासले विभिन्न स्थानमा यस्ता घुम्ती सेवा उपलब्ध गराउँदै आएको छ।

यस भेटवार्ताले नेपाली श्रमिकसँग सम्बन्धित विषयमा दुवै सरकारबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

Explore news by Source or Category