npl.977 Nepal News Stream

#ipo

Contents
Insurance Khabar logo Insurance Khabar

एनपीआई नारायणी सामुदायिक हस्पिटलले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

नानु खड्का (निर्जला) 2 hours ago

काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतामा एनपीआई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एनपीआई नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी गराए ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्व रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

 

Insurance Khabar logo Insurance Khabar

पुस १६ गतेबाट सर्वसाधारणका लागि सालपा विकास बैंकको आइपीओ आउने

जयराम गौतम 12 hours ago

काठमाडौं । सालपा विकास बैंकले यही पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो।

दोस्रो चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गर्नेछ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।

सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

सालपा विकास बैंकको यो आइपीओको निष्कासन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ। बैंकको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Explore by Source or Category