npl.977 Nepal News Stream

#गल्फ

Contents
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

साविक विजेता निरज र टंकले फाइनल खेल्ने

Prakash Timalsina 7 hours ago

काठमाडौं ( हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङ र  टंक बहादुर कार्की सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको  उपाधिका लागि भिड्ने भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरीयताका सञ्जय लामालाई सहजै ६/५ ले हराउँदै फाइनलको यात्रा तय गरे।

नवौं होल सकिंदा निरजसँग दुई होलको अग्रता थियो। सञ्जय खेलमा फर्कन नसक्दा निरजले  दशौं, एघारौँ, बार्हौं र तेर्हौं होल लगातार जिते। यो सँगै निरजले तेह्रौं होलमा नै जित निकाले। यसअघि आजै भएको क्वाटर फाइनलमा निरजले नवौं वरीयताका रामे मगरलाई २/१ ले माथ दिएका थिए।

अर्को सेमिफाइनलमा छैटौं वरियताका अनुभवी रवि खड्कालाई १०औं वरीयताका टंक बहादुर कार्कीले ३/२ ले पराजित गर्दै टंक पहिलो पटक म्याच प्लेको फाइनलमा पुग्न सफल‌ रहे।‌

नवौं होलको समाप्तिमा टंकले तीन होलको स्पष्ट अग्रता बनाइसकेका थिए। तर यसपछि रविले दशौं र एघारौँ होल जित्दै अग्रतालाई एक होलमा घटाए। तर त्यसपछि पुन: टंक खेलमा हाबी हुँदा दुई होल अगाडि १६औं होलमा जित हात पारे।‌

यसअघि टंकले क्वाटर फाइनलमा दोस्रो वरीयताका भुवन नगरकोटीलाई २/१ ले हराएका थिए। भुवन लगातार चौथो उपाधि जित्ने दाउमा थिए। जसलाई टंकले पूरा हुन दिएनन्।

उपाधिका लागि निरज र टंकबीच भोलि ३६ होलको प्रतिस्पर्धा हुनेछ। जहाँ निरज सिजनको दोस्रो तथा लगातार दोस्रो पटक म्याच प्लेको उपाधि जित्ने दाउमा हुनेछन्।

टंक भने पहिलो पटक प्रो टाइटल जित्ने योजनामा रहनेछन्। टंक र निरज दुवै १० औं सागमा टिमतर्फको स्वर्ण पदक विजेता हुन्। यस्तै तेस्रो स्थानका लागि रवि र सञ्जयबीच १८ होलको खेल हुनेछ।

आजै भएको अन्य क्वाटर फाइनलमा रविले तेस्रो वरीयताका दिनेश प्रजापतिलाई प्ले अफको पहिलो होलमा हराएका थिए। यस्तै अर्को क्वाटरफाइनलमा सञ्जय लामाले पाँचौं वरीयताका जयराम श्रेष्ठलाई १/० ले पराजित गरेका थिए।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको छ।

विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५६ हजार र चौथोले ४२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे, जयराम, दिनेश र भुवनले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।‌

पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

The post साविक विजेता निरज र टंकले फाइनल खेल्ने first appeared on हाम्रो खेलकुद.

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एनसेल बिजनेस बाह्रखरी गल्फ यसै महिना

Prakash Timalsina 8 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र इकोनोमिक सिम्पोजियम’ यस वर्ष काठमाडौंमा गरिने भएको छ ।

बाह्रखरी मिडियाले बिहीवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता र आर्थिक परिसंवाद वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो ।

बाह्रखरी मिडियाले नियमित रूपमा यो प्रतियोगिता र कार्यक्रम आयोजना गर्दै आएको छ । विगतका वर्षमा जस्तै प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, इकोनोमिक सिम्पोजियममार्फत मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले नवौँ संस्करण आयोजना गरिएको बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले जानकारी दिए।

प्रतियोगितामा विगतमा जस्तै यस वर्ष पनि विदेशी खेलाडीको सहभागिता रहनेछ बताइएको छ। ‘नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनुहुनेछ,” विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनुहुनेछ ।’

प्रतियोगिताका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्ने बाह्रखरीले जनाएको छ । साथै, अन्य विभिन्न विधामा विजेताले विगतका वर्षमा जस्तै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइएको छ ।

यस्तै, विश्वव्यापी रूपमा पछिल्ला दिनमा देखा परेको आर्थिक उतारचढाव, नेपालजस्ता मुलुकलाई पार्ने असरका बारेमा इकोनोमिक सिम्पोजियममा विचार मन्थन हुने आयोजक संस्थाले जनाएको छ ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भने, ‘ विश्वमा खेल ठूलो उघोगको रुपमा स्थापित भएको छ। पुरानो सरकारलाई बुझाउन सकिएन, नयाँ सरकारले त्यसलाई बुझेर त्यहि अनुरुप अगाडि बढाउन सक्छ भन्ने विश्वास लिएको छु। सरकारले यसलाई प्रोमोट गरिदियोस जसले पर्यटक व्यवसायलाई पनि फाइदा पुग्नेछ।
सिम्पोजियममा पनि खेलकुदको विषय समेटियोस् ।’

नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले आमन्त्रित पुरुष, महिला, ६० वर्ष माथिका सबै गरि १ सय को हाराहारीमा सहभागिता रहने बताए । होल इन वानका लागि बिवाइडी गाडी पुरस्कार पनि राखिएको जानकारी दिइयो ।

The post एनसेल बिजनेस बाह्रखरी गल्फ यसै महिना first appeared on हाम्रो खेलकुद.

Explore by Source or Category