npl.977 Nepal News Stream

#समाज

Kendrabindu logo Kendrabindu

प्रहरीले रोक्यो सामूहिक गिरफ्तारी दिन अघि बढेको मिराज ढुंगानाको समूहलाई

इन्द्र कमल रोक्का | 17 minutes ago
काठमाडौं । सामूहिक गिरफ्तारी दिन भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरतर्फ लागेका जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहलाई प्रहरीले रोकेको छ । प्रशासनको अनुमतिविनै सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
Kendrabindu logo Kendrabindu

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभाको प्रदेशगत मतभार निर्धारण

इन्द्र कमल रोक्का | 19 minutes ago
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार निर्धारण गरेको छ । आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम मतभार रहेको छ । निर्वाचन आयोगले तयार पारेको विवरणअनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार रहेको छ।
Kendrabindu logo Kendrabindu

नेकपाले पा-र्यो चुनाव तयारी तीव्र , उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीहरूलाई परिपत्र

इन्द्र कमल रोक्का | 44 minutes ago
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीहरूलाई परिपत्र जारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले प्रदेश र जिल्ला तहका कमिटीहरूलाई योग्य, लोकप्रिय र संगठनमा सक्रिय नेताहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ।
Kendrabindu logo Kendrabindu

तस्विरमा, माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’

इन्द्र कमल रोक्का | 49 minutes ago
मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
Kendrabindu logo Kendrabindu

मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास

इन्द्र कमल रोक्का | 55 minutes ago
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् । आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् ।
Kendrabindu logo Kendrabindu

तस्विरमा माईतीघर क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरु (फोटो फिचर)

इन्द्र कमल रोक्का | 59 minutes ago
काठमाडौँ । जेनजीहरुले विरोध प्रदर्शन गर्ने भएपछि माइतीघर क्षेत्रमा सुरक्षाकर्मी बिहानैदेखी तैनाथ भएका छन् । काठमाण्डौँ प्रशासनले जेन जीहरुलाई प्रदर्शनका लागि अनुमति नदिएपनी उनीहरु प्रर्दशनमा उत्रिएका थिए।
Kendrabindu logo Kendrabindu

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

इन्द्र कमल रोक्का | 1 hour ago
वालिङ। स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् । सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो ।
Kendrabindu logo Kendrabindu

लुम्बिनीमा एमसीसी सडक विवाद चर्कियो, रोक लगाईयो सरकारी गाडी राजधानी ठप्प

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । धानखोला–लमही सडक चार लेन बनाउनुपर्ने माग गर्दै स्थानीयले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोकेका छन्। आन्दोलनका कारण प्रदेश राजधानी क्षेत्रको सरकारी कामकाज प्रभावित हुन थालेको छ। एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले सडकलाई दुई लेनमै स्तरोन्नति गर्न खोजेपछि स्थानीय असन्तुष्ट बनेका हुन्।
Kendrabindu logo Kendrabindu

माइतीघरबाट निकोलस भुसालसहित केही प्रदर्शनकारी पक्राउ

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । आफूलाई जेनजी अभियन्ता भन्ने निकोलस भुसाल माइतीघरबाट पक्राउ परेका छन् । प्रशासनको अनुमतिबिना माइतीघरमा आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्ने क्रममा भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको हो । यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Kendrabindu logo Kendrabindu

मिराज ढुङ्गानाको जेनजी समूहले पाएन प्रशासनबाट आन्दोलनको अनुमती

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ। मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार घोषणा गरेको आन्दोलनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने निर्णय गरेको छ । आन्दोलनका लागि समूहले सोमबार अनुमति माग्दै प्रशासनमा पत्र बुझाए पनि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्पष्ट रूपमा अनुमति नदिने बताए । “फरक–फरक समूहले अनुमति माग्नुभएको छ ।
Kendrabindu logo Kendrabindu

विराटनगरमा प्रहरीको ‘मिडनाइट अपरेसन’ दुइ क्यासिनोबाट २० जना पक्राउ

इन्द्र कमल रोक्का | 3 hours ago
विराटनगर । नेपाली नागरिकलाई प्रवेश निषेध भए पनि विराटनगरका दुई क्यासिनोमा जुवा खेलाइँदै आएको पाइएको छ । मोरङ प्रहरीले आइतबार मध्यरातमा चलाएको ‘मिडनाइट अपरेसन’ अन्तर्गत दुई क्यासिनोका उच्च पदस्थ कर्मचारीसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ।
Kendrabindu logo Kendrabindu

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

इन्द्र कमल रोक्का | 3 hours ago
काठमाडौं । दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको छ ।
Kendrabindu logo Kendrabindu

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

इन्द्र कमल रोक्का | 3 hours ago
झापा। लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पु-याएको छ ।
Kendrabindu logo Kendrabindu

पर्वतमा लप्सी व्यवसायीलाई परिकार बनाउन भ्याइनभ्याइ

इन्द्र कमल रोक्का | 3 hours ago
पर्वत। यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
Kendrabindu logo Kendrabindu

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहले आजबाट विरोध प्रदर्शन गर्दै

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ । सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ ।
Kendrabindu logo Kendrabindu

निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् । निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो ।
Kendrabindu logo Kendrabindu

सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते

इन्द्र कमल रोक्का | 4 hours ago
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह् भएको हो । धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ ।
Kendrabindu logo Kendrabindu

जनपक्षीय विद्यार्थी युनियन नेपालद्धारा उपत्यकामा शैक्षिक हड्तालको घोषणा

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौं । आज जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ ।१८ बुँदे माग राखेर हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् । हड्ताल घोषणा गर्ने युनियन सुनिराखेको नाम पनि होइन । त्यसैले निजी विद्यालयका छाता संस्थाहरूले पनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा औपचारिक निर्णय गरेका छैनन् ।
Kendrabindu logo Kendrabindu

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

इन्द्र कमल रोक्का | 5 hours ago
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो ।
Kendrabindu logo Kendrabindu

निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै

इन्द्र कमल रोक्का | 5 hours ago
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले राजनीतिक दल र प्रशासनसँग समन्वय बढाएको छ । आज आयोगले प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग सिंहदरबारमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल मुख्यतः आगामी चुनावको तयारी, मतदाता व्यवस्थापन, संवेदनशील क्षेत्रको सुरक्षा र निर्वाचनको दिन अपनाइने रणनीतिमा केन्द्रित हुनेछ।

Explore by Source or Category