गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किएका थिए ।
काठमाडौं । दैलेखको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्ने उद्देश्यले यही वैशाख १३ गतेदेखि १९ गतेसम्म पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजना तथा दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेला’bout जानकारी दिइएको हो ।
बिहीबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकको रूपमा समेत यस जात्रालाई लिने गरिन्छ ।
दाङ । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।
तानसेन (पाल्पा) । बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् ।