npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

सम्झौताको चार वर्षपछि १५ शय्या अस्पतालको काम धमाधम

देश सञ्चार 1 day ago

हुम्ला– निर्माण कम्पनी छनोट गरेर चार वर्ष अगाडि सम्झौता भएको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा शिलान्यास भएर निर्माण सुरु भएको १५ शय्याको अस्पतालको कामले यतिबेला बल्ल तिब्रता पाएको छ। पटक पटकको म्याथ थप र गाउँपालिकाले सम्झौता रद्ध गर्ने सम्मको धम्कीका साथै ताकेता दिदा निर्माण कम्पनीले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि निर्माण लाई तिब्रता दिएको हो।

गाउँपालिकाको कार्यालय भवन नजिकै निर्माण ले गति लिएको १५ शय्या अस्पताल निर्माण हुनेमा आशा पलाएको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताए।

यसअघि निर्माण कम्पनीको लापरवाहीले अस्पताल भवन बन्ला भन्ने आशा नभएको भएपनि गाउँपालिकाको ताकेताले हालको अवस्थामा अस्पतालको निर्माण अगाडि बढेकोमा उनले खुसी ब्यक्त गरे। सो अस्पताल निर्माणका लागि सम्झौता भएको वर्ष सिलान्यास गर्ने कार्य मात्र भएको थियो। दोस्रो वर्ष हात्ती पाईले ढलानको कार्य भएको थियो भने तेस्रो वर्ष पिलर ढलान गर्ने कार्य भएर काम रोकिएको थियो।

त्यो पनि सिमित समय निर्माण गर्ने र त्यति कै काम बन्द गर्ने गरिएको थियो। गाउँपालिकाले सम्झोता रद्ध गर्ने सम्मको धम्की दिएपछि गत भदौ महिनाबाट कामलाई तिब्रता दिने कार्य भएको निर्माण कम्पनी सिएम कन्ट्रक्सनका सब इन्जिनीयर डिबी लामाले बताए। हाल अस्पतालको सत्तरी प्रतिशत कार्य सम्पन्न भई सकेको र यतिबेला पनि कामलाई तिब्रता दिईएको छ। सुरुमा सडक सञ्जाल नजोडिएको कारण बाहिरबाट ढुवानी गरेर ल्याउन निर्माण सामाग्रीको ब्यवस्था गर्न कठिन भएको कारण काम अगाडि बढ्न नसकेको र हाल राष्ट्रिय सडक सञ्जालसंग गाउँपालिका जोडिँदा निर्माण सामग्री सहज रुपमा ढुवानी हुन थालेपछि काम अगाडि बढाउन सहज भएको उनले बताए।

भवनको पहिलो तलाको ढलान कार्य पुरा भएको र अब उक्त भवनको फिनिसिङ कार्य भई रहेको छ। असार मसान्तसम्म आफ्नो जिम्माको काम सम्पन्न गरेर गाउँपालिकालाई भवन हस्तान्तरण गरिनेछ उक्त अस्पताल भवन आर्थिक वर्ष ०७८।०७९ मा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीसँग सम्झौता भएको गाउँपालिकाका इन्जिनीयर कुशल कुमार चौलागाईले बताए। काम अगाडि नबढेपछि दुई पटक निर्माण कम्पनीसंग म्याथ थप गरिएको र अब असार मसान्चसम्म भवन निर्माण हुने छ। नौ करोड ९५ लाख बजेटमा सम्झौता भएको सो भवन निर्माणका लागि निर्माण कम्पनीले साठी प्रतिशत भुक्तानी लिइसकेको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category