npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

सशस्त्र प्रहरी बल नेपालको बाेर्डर आउट पोष्ट हिल्सामा जनशक्ति थप

देश सञ्चार 11 hours ago

हुम्ला – नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्हरी बलको वोर्डर आउट पोष्ट ( भिओपी ) थप बलका लागि जनशक्ति थप्ने कार्य भएको छ। सरकारको पछिल्लो निर्णय र निर्देशन अनुसार जिल्ला मै भएको जनशक्तिबाट सिमा नाकाको विओपी हिल्सामा पठाइएको हो।

सरकारको निदेीशन कार्यान्वयन गर्दै थप जनशक्ति गुल्मबाट विओपीमा पठाएको सशस्त्र प्रहरी नायब उपरिक्षक पुष्कार बहादुर सिंहले बताए। सरकारले सिमा क्षेत्रका नाकामा सुरक्षा ब्यवस्था कडा र प्रभावकारी बनाउन जनशक्ति थप गर्न निर्देशन गरेको थियो। त्यस अनुसार हिमाली जिल्ला हुम्लाको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले सो निर्देशन कार्यान्वयन गर्दै थप जनशक्ति सिमकोटबाट हिल्सातर्फ पठाईएको हो।

थप जनशक्तिलाई बुधबार बिहान गाडीमा नारासम्म पठाएईको र नारा लेकबाट हिल्सातर्फ सडकमा हिउ जमेको कारण सो टोली पैदल हिडेर हिल्सामा बुधबारै पुगेको थियो। हाल सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन रहेको छ। त्यसमा थप जनशक्ति गुल्मबाट पठाएपछि हिल्साको प्लाटुनका लागि आवश्यक जनशक्ति पुरा भएको छ। हिल्सा नाकामा सुरक्षा ब्यवस्था कडा गर्न यो जनशक्ति गुल्मबाट घटाएर पठाईएको हो।

थपिएको जनशक्तिका साथै बिओपी हिल्सालाई सिमा सुरक्षाका साथै अन्य अवान्छित गतिविधिहरु नियन्त्रण गर्न सघाउ पुग्ने बिस्वास गरिएको छ। बिओपी हिल्साले हिल्साबाट किट क्षेत्रका सिमा स्तम्भहरुको दैनिक अनुगमन गर्ने कार्यका साथै सिमानामा पनि सुरक्षा दिने कार्य गर्दै आएको छ। जनशक्ति थप भएपछि हिल्साबाट हाल एउटा टोलीले सिमा स्तम्भहरुको अनुगमन गरि रहेको अबस्थामा अब दुई टोलीले अनुगमन गर्न सुरु गरिने छ।

सरकारले नीति नै परिवर्तन गरेर सिमा क्षेत्रमा अन्यत्रबाट जनशक्तिको ब्यवस्था गरेर भएपनि बिओपलई मजवुद बनाउने निर्देशन केही दिन अगाडी आएको र त्यसै अनुसार थप जनशक्ति हिल्सा पठाएको कार्य भएको हो। यसले सिमा क्षेत्रमा हुने अन्य दुई देश बिरुद्धका गतिविधिहरु नियन्त्रण गर्न पनि सघाउ पुर्याउने बिस्वास गरिएको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category