npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

दैलेखमा पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

राजधानी समाचारदाता 21 hours ago

काठमाडौं दैलेखको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्ने उद्देश्यले यही वैशाख १३ गतेदेखि १९ गतेसम्म पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ।

पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजना तथा दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेला’bout जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष नवीन योगीका अनुसार मेलाको सञ्चालन तथा व्यवस्थापन दैलेखका स्थानीय तह र दानदाताबाट संकलित रकमबाट गरिनेछ। उनका अनुसार मेलाबाट संकलित आम्दानी पञ्चकोशी क्षेत्रको इतिहास अभिलेखीकरणमा प्रयोग गरिनेछ ।

मेलाको अवधिभर स्कन्द पुराण वाचन गरिनेछ। साथै, २१ वर्षीया वाचिकालाई पुराण वाचनका लागि आमन्त्रण गर्ने तयारी भइरहेको पनि आयोजकले जनाएको छ। अध्यक्ष योगीले जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण सफल भएको सन्दर्भ उल्लेख गर्दै उत्खनन कार्य सुरु गर्न सरकारलाई दबाब दिने उद्देश्य पनि मेलाले राखेको बताए। उनका अनुसार उक्त क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक अस्तित्वलाई संरक्षण गर्दै उत्खनन कार्य अघि बढाउनुपर्ने आवश्यकता छ।

त्यस्तै, संस्थाका सचिव बखतबहादुर नेपालीले नेपाल–भारत नागरिक मैत्री संस्थासँगको समन्वयमा भारतीय पर्यटक भित्र्याउने तयारी भइरहेको जानकारी दिए ।

दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देवकुमार बिसीले पञ्चकोशी क्षेत्र कर्णाली तथा नेपालकै गौरव भएको उल्लेख गर्दै यसको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

The post दैलेखमा पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category