npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

कान्तिपुर दैनिकको प्रधानसम्पादकमा अवस्थी

देश सञ्चार 10 hours ago

काठमाडौँ – कान्तिपुर दैनिकको प्रधानसम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्।

पत्रकारिता, राजनीतिक तथा आर्थिक विश्लेषण र अध्यापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका अवस्थी यसअघि पनि कान्तिपुर दैनिकसँग आबद्ध रहिसकेका छन्।

उनले यसअघि आर्थिक समाचार सम्पादकको जिम्मेवारी सम्हालेका थिए। उनी हाल नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकका रूपमा कार्यरत थिए।

त्यसअघि उनले नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा दिगो विकास लक्ष्यसम्बन्धी सल्लाहकारको रूपमा काम गरेका थिए। अवस्थी आर्थिक पत्रकार समाज नेपाल (सेजन)का पूर्व अध्यक्षसमेत हुन्।

Read more news from देशसञ्चार

Explore by Source or Category