npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

एमाले नेताबाट यौन शोषणमा परेको भन्दै तीन जना धर्नामा

बर्षा शाह 12 hours ago

काठमाडौँ– एमालेका नेताहरूबाट यौन शोषणमा परेको भन्दै तीन जना माइतीघरमा धर्ना बसेका छन्।

बझाङबाट निर्वाचित एमाले सांसद ऐन महरसहित पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव महेश बस्नेत र पूर्व सांसद कर्ण मल्लबाट यौन शोषणमा परेको भन्दै तीन जना धर्नामा बसेका हुन्।

मल्लबाट यौन शोषणमा परेको भन्दै कालिकोटकी जमुना खत्री चैत ८ गतेदेखि धर्नामा छिन्। उनी रातदिन माइतीघरमा धर्ना दिइरहेकी छिन्।

जमुना खत्री

मल्ल बलात्कार आरोपमा चैत १४ गते पक्राउ परेका थिए। ललितपुर प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यस्तै बिहीबार (बैशाख ३ गते)देखि बस्नेतबाट यौन शोषणमा परेको भन्दै धादिङकी शोभा पाठक र महरबाट यौन शोषणमा परेको भन्दै बझाङकी रस्मिला धामीले पनि धर्ना सुरु गरेका छन्।

शोभा पाठक

दुवै जनाले दायर गरेको मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधिन रहेको छ। पाठक र धामीले उनीहरूलाई बस्नेत र महरलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

यद्यपि यसअघि बस्नेतलाई पक्राउ गर्ने जिल्ला अदालत काठमाडौँले अनुमति दिएको थिएन।

Read more news from देशसञ्चार

Explore by Source or Category