Nepal Watch
|
25 minutes ago
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् ।
Nepal Watch
|
58 minutes ago
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । केन्द्रको निरीक्षणका क्रममा सञ्चार मन्त्री डा.
Nepal Watch
|
1 hour ago
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदै छ । आज बस्ने प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे बस्ने सबै समितिको छुट्टा छुट्टै बैठकमा हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ । समितिका सभापतिमा बिहीबार मनोनयन दर्ता भएको छ ।
Nepal Watch
|
1 hour ago
म्याग्दी । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घर व्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निराश भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रा पालन गर्ने सोच पलायो ।
Nepal Watch
|
2 hours ago
सिरहा। जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।
Nepal Watch
|
2 hours ago
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।
Nepal Watch
|
3 hours ago
काठमाडौ – सरकारको सार्वजनिक ऋण दिनानुदिन बढ्दै गएको छ। चालु आर्थिक वर्षको नौ महिनाकै अवधिमा सार्वजनिक ऋण साढे दुई खर्ब बढेको छ। राजस्व संकलन कमजोर, विनिमय दरमा भएको नोक्सानी, विकास निर्माणका परियोजनालाई ऋण लिनुपर्ने बाध्यताका कारण ऋणको भार बढ्दै गएको हो।
Nepal Watch
|
4 hours ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ। घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए।
Nepal Watch
|
4 hours ago
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
Nepal Watch
|
14 hours ago
काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
Nepal Watch
|
14 hours ago
काठमाडौं- निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
Nepal Watch
|
14 hours ago
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Nepal Watch
|
15 hours ago
काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनाबाट छोड्न आदेश दिएको छ। आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनाबाहिरै राख्ने निर्णय सुनाएको हो। आदेशमा भनिएको छ कि खड्काको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नभएको र अनुसन्धान हिरासतबाहिर बसेर पनि गर्न सकिने देखिन्छ।
Nepal Watch
|
15 hours ago
काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व नेतृत्वमाथि ठूलो आर्थिक अनियमितताको आरोप लाग्दै कानुनी प्रक्रिया अघि बढेको छ। तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै प्राधिकरणभित्रको कार्यशैलीमाथि पुनः प्रश्न उठेको छ।
Nepal Watch
|
18 hours ago
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ ।
Nepal Watch
|
19 hours ago
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अंकमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।
Nepal Watch
|
19 hours ago
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेता बनाएको हो । २०७९ र २०८२ फागुन २१ गतेको निर्वाचनमा पराजुली काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका थिए । रास्वपा दलको नेतामा अहिले वालेन्द्र शाह छन् ।