Nepal Watch
|
1 hour ago
म्याग्दी। पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।
Nepal Watch
|
2 hours ago
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो ।
Nepal Watch
|
3 hours ago
काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ ।
Nepal Watch
|
4 hours ago
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।
Nepal Watch
|
4 hours ago
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलास्थित हिमाली बस्ती याङ्मामाका पशुपालन किसान बर्सेनि जंगली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन् । उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यस वर्ष केही दिन अघि यांमाकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् ।
Nepal Watch
|
4 hours ago
काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।
Nepal Watch
|
13 hours ago
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र दुई विद्यार्थीले दुई/दुई पदक तथा पुरस्कार पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा ९अर्थशास्त्र० सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने भएको जानकारी दिए ।
Nepal Watch
|
15 hours ago
काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो।
Nepal Watch
|
15 hours ago
काठमाडौँ- सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका-४, माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
Nepal Watch
|
15 hours ago
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताएका छन् ।
Nepal Watch
|
15 hours ago
काठमाडौँ। यु-१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। १२औँ संस्करणको प्रतियोगितामा पहिलो पटक च्याम्पियन भएको पाकिस्तानले फाइनलमा सात पटकको विजेता भारतलाई हराएको हो । यूएईमा भएको फाइनल खेलमा भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।
Nepal Watch
|
15 hours ago
Nepal Watch
|
16 hours ago
ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् ।