npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

सर्वोच्चले दीपक खड्कालाई थुनाबाट छाड्न आदेश

Nepal Watch 1 day ago

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनाबाट छोड्न आदेश दिएको छ। आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनाबाहिरै राख्ने निर्णय सुनाएको हो।

आदेशमा भनिएको छ कि खड्काको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नभएको र अनुसन्धान हिरासतबाहिर बसेर पनि गर्न सकिने देखिन्छ। त्यसैले सम्बन्धित अदालतबाट अनुमति लिएर मात्र उनलाई विदेश जान दिन सकिने र उनलाई तत्काल थुनामुक्त गर्न आदेश जारी गरिएको छ।

खड्का गत चैत १५ गते पक्राउ परेका थिए। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान भइरहेको छ।

Read more news from NepalWatch

Explore by Source or Category