Nepal Watch
|
5 hours ago
काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
Nepal Watch
|
5 hours ago
काठमाडौं- निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
Nepal Watch
|
6 hours ago
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Nepal Watch
|
7 hours ago
काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनाबाट छोड्न आदेश दिएको छ। आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनाबाहिरै राख्ने निर्णय सुनाएको हो। आदेशमा भनिएको छ कि खड्काको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नभएको र अनुसन्धान हिरासतबाहिर बसेर पनि गर्न सकिने देखिन्छ।
Nepal Watch
|
7 hours ago
काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व नेतृत्वमाथि ठूलो आर्थिक अनियमितताको आरोप लाग्दै कानुनी प्रक्रिया अघि बढेको छ। तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै प्राधिकरणभित्रको कार्यशैलीमाथि पुनः प्रश्न उठेको छ।
Nepal Watch
|
10 hours ago
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ ।
Nepal Watch
|
10 hours ago
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अंकमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।
Nepal Watch
|
10 hours ago
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेता बनाएको हो । २०७९ र २०८२ फागुन २१ गतेको निर्वाचनमा पराजुली काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका थिए । रास्वपा दलको नेतामा अहिले वालेन्द्र शाह छन् ।
Nepal Watch
|
16 hours ago
काठमाडौँ । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।
Nepal Watch
|
17 hours ago
रसुवा- हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ । चाँैरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो ।
Nepal Watch
|
17 hours ago
काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध विवाह निमन्त्रणापत्रमै ‘ दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हाल आफूले पाएका अधिकांश विवाह निमन्त्रणापत्रमा दाइजोमुक्त विवाहबारे कुनै उल्लेख नदेखिएको बताएकी छन्।
Nepal Watch
|
17 hours ago
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैत महिनाको अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
Nepal Watch
|
17 hours ago
राँझा (बाँके) । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए।
Nepal Watch
|
17 hours ago
जुम्ला । जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।
Nepal Watch
|
17 hours ago
चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने घट्न थालेको छ । उपचारका लागि देशभरबाट बिरामी आउने चितवनमा रगतको माग र आपूर्तिबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार जिल्लामा दैनिक १५० युनिटसम्म रगतको माग हुने गरेको छ ।
Nepal Watch
|
20 hours ago
गोरखा । तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिईन् ।
Nepal Watch
|
20 hours ago
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।
Nepal Watch
|
1 day ago
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’को सच्चा पहरेदार बन्न आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे ।
Nepal Watch
|
1 day ago
काठमाडौँ । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएका जानकारी दिएका छन् । उनी एउटा पानीजहाजमा क्याप्टेनका रूपमा कार्यरत थिए । मन्त्री खनालले बुधवार अपरान्ह उनी रिहा भएका र इरानस्थित नेपाली महावाणिज्यदूतावास र कतारस्थित नेपाली राजदूतावास झासँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
Nepal Watch
|
1 day ago
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न घटनामा सजाय पाएका १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले कैद सजाय भोगिरहेका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी पवित्र रमजान महिनाको अवसरमा १२८ जना नेपालीलाई आममाफी दिएकोमा आभार व्यक्त गरेको छ ।