npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

Nepal Watch | 1 hour ago
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

Nepal Watch | 1 hour ago
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलास्थित हिमाली बस्ती याङ्मामाका पशुपालन किसान बर्सेनि जंगली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन् । उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यस वर्ष केही दिन अघि यांमाकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् ।

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

Nepal Watch | 1 hour ago
काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक

Nepal Watch | 9 hours ago
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र दुई विद्यार्थीले दुई/दुई पदक तथा पुरस्कार पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा ९अर्थशास्त्र० सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने भएको जानकारी दिए ।

अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते

Nepal Watch | 12 hours ago
काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो।

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

Nepal Watch | 12 hours ago
काठमाडौँ- सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका-४, माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

Nepal Watch | 12 hours ago
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताएका छन् ।

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यु-१९ एसिया कपको उपाधि

Nepal Watch | 12 hours ago
काठमाडौँ। यु-१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। १२औँ संस्करणको प्रतियोगितामा पहिलो पटक च्याम्पियन भएको पाकिस्तानले फाइनलमा सात पटकको विजेता भारतलाई हराएको हो । यूएईमा भएको फाइनल खेलमा भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

Nepal Watch | 13 hours ago
ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् ।

कालीगण्डकी करिडोर, तातोपानी-घाँसा खण्ड स्तरोन्नति

Nepal Watch | 23 hours ago
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको काली गण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुंग-तातोपानीको नागढुंगादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो ।

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

Nepal Watch | 1 day ago
धनकुटा । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु. १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् ।

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै

Nepal Watch | 1 day ago
सुर्खेत । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्यांकअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

मधेस प्रदेश: सभामुख चयनका लागि आज निर्वाचन हुँदै

Nepal Watch | 1 day ago
काठमाडौँ । मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै छ । प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो । नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

कागती बिक्री नभएपछि रस र चुक बनाएर ‘लोभलाग्दो’ कमाइ

Nepal Watch | 1 day ago
स्याङ्जा । यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन्। स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन्।

गाउँपालिका र नगरपालिकालाई संघीय समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग

Nepal Watch | 1 day ago
काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई संघीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ। समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो।

निर्वाचन ७४ दिन बाँकी: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

Nepal Watch | 1 day ago
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

Nepal Watch | 1 day ago
ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलबीच राष्ट्रिय सहमति भएमा कम लागतमा विद्य्तीय मतदान (इभोटिङ)को व्यवस्था गर्न सकिने बताए ।

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

Nepal Watch | 1 day ago
काठमाडौँ । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ ।

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

Nepal Watch | 1 day ago
नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गरेका छन् । आज कारागारको निरीक्षण गर्दै उनले खाली रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताए ।

Explore news by Category