npl.977 Nepal News Stream

#Updates

BIZMANDU logo BIZMANDU

बुलेट राख्न विपक्षमा रहेका ग्यास उद्योगी पाइपलाइनको पक्षमा, भारत पनि बनाउन तयार

Shukra Giri | 1 hour ago
काठमाडौं। नेपाल-भारत पेट्रोलियमसँगै ग्यासको पाइपलाइन निर्माण अघि बढाउने तयारी गर्दा ग्यास उद्योगी विपक्षमा थिए। उनीहरुले पाइपलाइन निर्माण भन्दा गाडीबाटै ढुवानी गर्न उपयुक्त हुने भन्दै नेपाली बुलेट राख्न ठूलै फन्ड पनि जम्मा पारे। तात्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले नेपाली बुलेट राख्न दिने निर्णय गरेपछि केही उद्योगीले बुलेट पनि बनाएका थिए।
BIZMANDU logo BIZMANDU

चुनावको दिन फाइनल पर्ने गरी केपीएलको मिति घोषणा, सात टोलीका मालिक कोको?

Mukunda Ghimire | 10 hours ago
काठमाडौं। तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ। आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जनाएको हो। फागुन २१ गते नै नेपालमा निर्वाचनको घोषणा भएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।
BIZMANDU logo BIZMANDU

संसद् पुनर्स्थापनाको मुद्दामा मोर्चाबन्दी बलियो बनाउँदै एमाले, सरकारमाथि बढाउँदै दबाब

Prakash Bhandari | 10 hours ago
काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा नेपाली कांग्रेसबाहेकका दलसँग पनि संवाद अघि बढाएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा कांग्रेसका सांसदलाई समेत रिट दर्ता गराउन लगाएको एमालेले पुनर्स्थापनाको एजेण्डामा अरू दलहरूसँग पनि संवाद अघि बढाएको हो। एमाले नेताहरूका अनुसार त्यसका लागि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तयार भइसकेको छ।
BIZMANDU logo BIZMANDU

नेपालमा लगानी आकर्षित गर्न डा. लोहनीले देखेका ६ अवरोध, सरकारलाई दिए यस्तो सुझाव

Basudev Timalsina | 11 hours ago
काठमाडौं। नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले नेपालमा लगानीका लागि विभिन्न ६ वटा अवरोध देखाएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३१औं वार्षिक साधारण सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै लोहनीले अनिश्चित संक्रमणकाल, नियामक संरचनाको विखण्डन, धेरै सरकारी निकायको संलग्नता, स्थानीय तहबीचको दोहोरोपन, स्पष्ट उत्तरदायित्वको अभाव र सम्झौता कार्यान्वयनको कमजोरीलाई प्रमुख अवरोधको रुपमा औंल्याएका हुन्।
BIZMANDU logo BIZMANDU

नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

Basudev Timalsina | 12 hours ago
काठमाडौं। एनपीआई नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने भएको छ। अस्पतालले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो। ४०० शय्या क्षमताको अस्पताललाई सेवा विस्तार गर्न थप पुँजी आवश्यक हुने देखेर आइपीओ निश्कासन गर्ने निर्णय गरेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए।
BIZMANDU logo BIZMANDU

दुई तिहाइ सवारीसाधनले फाल्छन् मापदण्डभन्दा बढी धुवाँ, कारबाही गर्दै ट्राफिक प्रहरी

Basudev Timalsina | 12 hours ago
काठमाडौं। इन्धनबाट चल्ने दुई तिहाइ सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको पाइएको छ। वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको जाँचका क्रममा ६७ प्रतिशत सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फालेका हुन्। विभाग र कार्यालयले आइतबार अपराह्न काठमाडौंको थानकोटमा ६० वटा सवारीसाधनको प्रदूषण जाँच गरेका थिए।
BIZMANDU logo BIZMANDU

देशलाई ग्रे-लिस्टबाट निकाल्ने प्रयासबारे प्रधानमन्त्री कार्कीको चासो, १६०० रोपनी जग्गा रोक्का

Basudev Timalsina | 12 hours ago
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जग्गा किनबेचमा कालोधन प्रयोग भएको आशंकामा काठमाडौं उपत्यकाभित्र १ हजार ६०० रोपनी रोक्का राखेको छ। मुलुकलाई ग्रे-लिस्टबाट बाहिर निकाल्ने सम्बन्धमा भइरहेको प्रयासबारे बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राखेको बैठकमा विभागका अधिकारीहरुले १६०० रोपनीभन्दा बढी जग्गा रोक्का राखेको जानकारी गराएको छ।
BIZMANDU logo BIZMANDU

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा चीनको ‘नोटिस’मा, राजदूतले भने- हामीलाई बद्नाम गर्न खोजियो

Basudev Timalsina | 12 hours ago
काठमाडौं। चिनियाँ राजदूत छन सोङ आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर पुस ९ गते स्वदेश फर्किंदैछन्। उनले आइतबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग बिदाई भेट गरे। तर राजदूत सोङ प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाई भेटका लागि पुस २ गते नै सिंहदरबार पुगेका थिए।
BIZMANDU logo BIZMANDU

वाणिज्य विभागले प्रिया चाट हाउस र आइ क्याफे रेष्टुरेन्टलाई तिरायो जरिबाना

Sarala Subedi | 13 hours ago
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाट हाउस र रेष्टुरेन्टलाई जरिबाना तिराएको छ। विभागले आइतबार बजार अनुगमनका क्रममा २ फर्मलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको हो। महाराजगंजमा रहेको प्रिया स्विट एण्ड चाट हाउसलाई ५० हजार रुपैयाँ तथा टोखामा रहेको आइ क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
BIZMANDU logo BIZMANDU

पिरो कागती क्यान्डी खान अयोग्य, भेटियो तोकिएको भन्दा बढी खाद्य रंग

Sarala Subedi | 13 hours ago
काठमाडौं। पिरो कागती क्यान्डी खानका लागि अयोग्य रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा उक्त क्यान्डीको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य रंग (खाद्य योगशील) तोकिएको भन्दा बढी भेटेको हो।
BIZMANDU logo BIZMANDU

नेपाल लाइफसहित ४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार?

Sunil Kunwar | 13 hours ago
काठमाडौं। विभिन्न ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले आइतबार नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन गरेको हो। नेपाल लाइफको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ७७८.५७ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सको सेयर आइतबार अन्तिममा प्रति कित्ता ८१७.५० रुपैयाँमा कारोबार भएको थियो।
BIZMANDU logo BIZMANDU

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ७७ लाख ६६ हजार कित्ता

Sunil Kunwar | 13 hours ago
काठमाडौं। एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता सेयर नेप्सेमा थपिएको हो। एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछ।
BIZMANDU logo BIZMANDU

सुपर खुदी हाइड्रोपावरले आवेदन दिएको डेढ वर्षपछि पायो आइपीओ निष्कासनको अनुमति

Sunil Kunwar | 13 hours ago
काठमाडौं। सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार हाइड्रो‍पावरलाई सेयर निष्कासनका लागि अनुमति दिएको हो। सुपर खुदी हाइड्रोपावरले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३१ करोड रुपैयाँको ३१ लाख कित्ता आइपीओ बिक्री गर्दैछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।
BIZMANDU logo BIZMANDU

मागअनुसार तरकारी नआउँदा घटेन भाउ, गोलभेंडाको थोक मूल्य नै प्रति किलो १०० रुपैयाँभन्दा बढी

Sarala Subedi | 13 hours ago
काठमाडौं। कालीमाटी तरकारी बजारमा मंसिरको दोस्रो सातापछि तरकारीको भाउ घट्ने अनुमान गरिएको थियो। तर, पछिल्लो समय हिउँदे तरकारीको भाउ घट्न सकेको छैन। सिजनका तरकारी धेरै आएर फालाफाल हुने बेलामा उपभोक्ता महँगो मूल्यमा खरिद गर्न बाध्य छन्। अहिले काउली, गोलभेंडा, सिमी, मुला, हरियो साग सस्तो हुनुपर्ने समय भएपनि धेरैजसो तरकारीको भाउ घट्ने छाटकाट देखिएको छैन।
BIZMANDU logo BIZMANDU

गत वर्षको मुनाफाबाट ९२ कम्पनीको लाभांश घोषणा, सेयरधनीलाई सर्वाधिक प्रतिफल दिने कुन?

Sunil Kunwar | 14 hours ago
काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीहरुले धमाधम प्रतिफल वितरण गर्न थालेका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स, हाइड्रोपावर कम्पनी, उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी, इन्स्योरेन्स, होटल तथा पर्यटन र ट्रेडिङ तथा अन्य समूहका कम्पनीले धमाधम प्रतिफल घोषणा गरिरहेका हुन्। नेप्सेमा सूचीकृत ९२ वटा कम्पनीले प्रतिफल घोषणा गरेका छन्।
BIZMANDU logo BIZMANDU

सपोर्ट लघुवित्तको लाभांश घोषणा, लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर दिने

Sunil Kunwar | 14 hours ago
काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने १ करोड १६ लाख ३२ हजार १२७ रुपैयाँ बराबरको बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.
BIZMANDU logo BIZMANDU

रविले एमाले र कांग्रेसलाई भने- चुनाव गराउन नदिने षड्यन्त्र रास्वपाले सफल हुन दिंदैन

Basudev Timalsina | 14 hours ago
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमाले र नेपाली कांग्रेसलाई प्रतिनिधि सभा पुनर्स्थापनाको षड्यन्त्रमा नलाग्न चेतावनी दिएका छन्। सहकारीको रकम ठगीको आरोपमा पुर्पक्षका लागि कारागारमा बसेको ८ महिनापछि थुनामुक्त भएको तेस्रो दिन आइतबार पार्टी कार्यालय पुगेका लामिछानेले अब निर्वाचनको विकल्प नरहेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दौडधुप नगर्न चेतावनी दिए।
BIZMANDU logo BIZMANDU

सञ्चारमन्त्री खरेलले नियमित कामलाई नै माने उपलब्धि, तीन महिनामा के-के गरे?

Basudev Timalsina | 15 hours ago
काठमाडौं। मन्त्रालय र मातहतका कार्यालयले गर्ने नियमित कामलाई आफ्नो उपलब्धिका रुपमा सुनाउने प्रवृत्तिलाई विगतका मन्त्रीलेजस्तै यसपालि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि निरन्तरता दिएका छन्। उनले मन्त्रालय, नेपाल टेलिकम लगायत निकायले गरेका नियमित कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेका छन्। उनले आइतबार पत्रकार सम्मेलन गरी आफूले तीन महिनामा गरेका मुख्य ३० काम सार्वजनिक गरेका हुन्।
BIZMANDU logo BIZMANDU

सिन्हाले तारिफ गरेका सचिव मन्त्री राजेन्द्रको ‘रेडजोन’मा, हटाउने सर्तमा खानेपानी मन्त्रालयमा बहाली

Basudev Timalsina | 16 hours ago
काठमाडौं। मेलम्चीका स्थानीयले संघर्ष समितिका नाममा काठमाडौंमा खानेपानीको आपूर्ति बन्द गरेपछि भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले खानेपानी मन्त्रालयका प्रतिनिधिसहितको बैठक राखेर कात्तिक २५ गते समझदारी गराए। त्यतिखेर खानेपानी मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीले नै राखेकी थिइन्। आफ्नो अग्रसरतामा स्थानीयसँग गरेको सहमति कार्यान्वयनको प्रक्रिया अगाडि नबढेपछि कुलमान खानेपानी मन्त्रालयकी तत्कालीन सचिव प्रमिलादेवी बज्राचार्यसँग रुष्ट भए।
BIZMANDU logo BIZMANDU

सेयर बजार १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा, ४ अर्ब ५२ करोडको कारोबार

Sunil Kunwar | 16 hours ago
काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आइतबार १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा आएको छ। कारोबारमा आएका उपसमूहमा म्युचुअल फण्ड बाहेकका सबै घट्दा बजार ओह्रालो लागेको हो। जीवन बीमाको सूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ। बजारमा सेयर मूल्य घट्दा २०७ कम्पनीका लगानीकर्ता नोक्सानमा परेका छन्।

Explore by Source or Category