काठमाडौं। नेपाली कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई अपूर्ण, एकतर्फी र चयनात्मक भएको निचोड निकालेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त प्रतिवेदन तयारीका क्रममा आयोग निष्पक्ष हुन नसकेको निष्कर्ष निकालेको हो। भदौ २४ गतेको घटनाको स्वतन्त्र छानबिन र विशेषज्ञसहितको उच्चस्तरीय समिति गठन हुनुपर्ने निष्कर्ष समेत निकालेको छ।
काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले चैत ३० मा अनुगमनका क्रममा सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न पाँच प्रदेशका मुख्यमन्त्रीसँग करिब तीन घण्टा छलफल गरेका छन्। बालेनले प्रधानमन्त्रीको जिम्मेमवारी सम्हालेपछि बिहीबार प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौंमा डाकेर संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने विषयमा छलफल गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना क्षेत्रका समस्या राखेका थिए।
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले हाइड्रोलोजी पेनाल्टी हटाउने निर्णय नभएको जिकिर गरेको छ। प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इप्पान)को माग अनुसार नदी प्रवाहमा आएको परिवर्तन तथा अनिश्चितताले विद्युत उत्पादनमा परेको प्रभावलाई सम्बोधन गर्न इनर्जी टेबललाई घटाएर तीन वर्षमा झार्न सकिने व्यवस्था गरिएको बताएको हो।
काठमाडौं। नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ नाम दिइ ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्ने योजना ल्याएको हो। यो योजना शुक्रबारदेखि चार दिनसम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार आएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बुक बिल्डिङ प्रक्रियामार्फत आइपीओ निष्काशन अघि बढाएको छ। पुरानो नेपाली कांग्रेस र नेकपा एमालेको सरकारहुँदा अनिर्णित बसेको नेप्से नयाँ आएसँगै आवेदन दिएका पाँच वटा कम्पनीको प्रक्रिया अगाडि बढाएको हो।
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी सार्वजनिक गरेको छ। नयाँ ग्यालेक्सी ए सिरिज मा सामसङको नवीनतम प्रविधि समावेश गरिएको र यसमा इन्ह्यान्ड्स्ड असम इनस्टेलिजेन्स रहेको छ। यसले स्मार्ट अन्तरक्रिया, प्रोडक्टिभिटी र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउने कम्पनीले जनाएको छ।
काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध बिहीबार १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बढ्दो महंगीलाई लिएर संयुक्त विद्यार्थी युनियनले प्रदर्शन गरेको छ। आज माइतीघरमा भेला भएका उनीहरुले मूल्यवृद्धिले असर परेको र इन्धनमा कर धेरै भएको भन्दै सरकारसँग जवाफदेहिता खोजेका हुन्। त्यसक्रममा उनीहरुले विभिन्न प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। The post इन्धनको मूल्य महंगिएपछि माइतीघरमा विद्यार्थीको नारा : बाँच्न दे सरकार! (तस्विरहरु) appeared first on BIZMANDU.
काठमाडौं। एनसेलका ग्राहकले हिमालयन जाभाका देशभरका आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउने भएका छन्। यसका लागि एनसेलले हिमालयन जाभासँग सम्झौता गरेको छ। सम्झौता अनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढीको एनसेल प्याक प्रयोग गर्ने सबै ग्राहकले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन्।
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक अर्नाउड काउ चोइसबीच भेटवार्ता भएको छ। शिष्टचार भेटवार्ताका क्रममा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको थियो।
काठमाडौं। रोयल इनफिल्डको सन् २०२६ मा उत्पादित गोवन क्लासिक ३५० बाइक नेपाली बजारमा भित्रिएको छ। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले गोवन क्लासिक ३५० बाइक सार्वजनिक गरेको छ। कम्पनीले बाइकको मूल्य कलर अनुसार ५ लाख ५९ हजार र ६ लाख २ हजार रुपैयाँ राखेको छ।
काठमाडौं। नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले भाडा बढाउन माग गरेको छ। महासंघले बिहीबार प्रेस विज्ञप्ति निकालेर इन्धनको मूल्य बढेको अवस्थामा भाडा बढाउन माग गरेको हो। महासंघले भाडा नबढाउने अवस्थामा मूल्य वृद्धि फिर्ता गरिनुपर्ने बताएको छ।
काठमाडौं। एफवानसफ्ट इन्टरनेसनलले सनतकुमार पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। कम्पनीले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनतलाई सीइओ नियुक्त गरिएको घोषणा गरेको हो। कम्पनीमा यसअघि सहसंस्थापक तथा निर्देशक सुवास शर्मा सीइओको जिम्मेवारीमा थिए। सुवास अब निर्देशकको भूमिकामा एफवानसफ्ट ग्रुपको रणनीतिक निर्देशनमा संलग्न हुने कम्पनीले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन ३३ अंकले बढेको सेयर बजार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक बिहीबार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहका सूचकले बजार घटाएका हुन्। फाइनान्सको सूचक सबैभन्दा धेरै १.९८ प्रतिशत ओरालो लागेको छ। बजारमा सेयर मूल्य घटेका २३६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का सार्वजनिक लेखा समितिको सभापति हुने भएका छन्। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसका लागि लेखा समिति छोडेपछि खड्का सभापति हुने पक्का भएको हो। कांग्रेसले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सांसद भिष्मराज आङदेम्बेले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय सर्वसम्मरुपमा गरेको जानकारी दिए।
काठमाडौं। वाणिज्य विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न उद्योगदेखि डिपार्टमेन्टल स्टोरहरूमा अनुगमन तीव्र बनाएको छ। सरकारको १०० बुँदे कार्यसूचीमा एमआरपी कार्यान्यन गर्ने समेटिएपछि विभागले अनुगमन तीव्र बनाएको हो। नयाँ सरकार आउनुअघि विभागले एमआरपीलाई त्यति प्राथमिक्ता दिएको थिएन। अहिले भने विभागले यसलाई पूर्ण रुपमा लागू गर्न सक्रियता बढाएको छ।
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक बनाएको छ। गोरखा-२ बाट निर्वाचित सांसद बुर्लाकोटीलाई रास्वपाले संसदीय दलको प्रमुख सचेतक बनाएको हो। यस्तै प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतक बनाइएको छ। प्रकाशचन्द्र र क्रान्तिशिखा दुवै जना समानुपातिक सांसद हुन्। The post रास्वपाको संसदीय दलमा कविन्द्र बुर्लाकोटी प्रमुख सचेतक, प्रकाशचन्द्र र क्रान्तिशिखा सचेतक appeared first on BIZMANDU.
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ। रास्वपाले बिहीबार अपराह्न सिंहदरबारमा संसदीय दलको बैठक राखेर संसदीय दलका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको हो।
काठमाडौं। हिमालयन रि इन्स्योरेन्सका सञ्चालक र उच्च व्यवस्थापकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढेपछि नेपाल बीमा प्राधिकरणले कम्पनीमा आफ्नो टोली पठाएको छ। हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्ने/नगर्ने विषयमा निर्णयमा पुग्नका लागि प्राधिकरणले बिहीबार नियमन टोली खटाएको हो। प्राधिकरणका केही कर्मचारीको टोलीले हिमालयन रिको सञ्चालन र वित्तीय अवस्थाबारे विस्तृतमा अध्ययन थालेको छ।