नेप्से सूचक ५.३६ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, ७.४६ अर्बको कारोबार
काठमाडौं। सेयर बजार परिसूचक शुक्रबार सामान्य अंक बढेको छ। नेप्से परिसूचक ५.३६ अंक उकालो लागेर २८३८.४० विन्दुमा पुगेको छ।
कारोबारमा आएका होटल तथा पर्यटन,हाइड्रोपावर,उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ। ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिजलाइन इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
बजारमा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ६६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सोलु हाइड्रोपावरको ३७ करोड २६ लाख र रिडीपावर कम्पनीको ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशत घटेको छ।
The post नेप्से सूचक ५.३६ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, ७.४६ अर्बको कारोबार appeared first on BIZMANDU.