एसियन बिस्कुटको उत्पादन डाइजेस्टिभ नट्समा गुणस्तरको प्रश्न, विभागले गर्यो दुई लाख जरिवाना
Narayan
|
2 hours ago
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। कम्पनीको उत्पादन डाइजेस्टिभ नट्स बिस्कुटको गुणस्तर कायम नभएकोमा विभागले जरिवाना गरेको हो।
विभागले वैशाख ४ गतेकव निर्णयबाट जरिवाना गरेको हो। जरिवाना रकम सात दिनभित्र दाखिला गर्न पनि विभागले सम्बन्धित कम्पनीलाई आदेश गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटगर र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त अनुगमनमा बिस्कुटमा रौं भेटिएको थियो। सोपछि विभागले नमूना परीक्षण गरेको थियो।
The post एसियन बिस्कुटको उत्पादन डाइजेस्टिभ नट्समा गुणस्तरको प्रश्न, विभागले गर्यो दुई लाख जरिवाना appeared first on BIZMANDU.