धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा, अर्थमा बुझाए औपचारिक पत्र
Narayan
|
10 hours ago
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।
उनले अर्थ मन्त्रालयमा शुक्रबार राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको बताए।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।
The post धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा, अर्थमा बुझाए औपचारिक पत्र appeared first on BIZMANDU.