npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

देउवा पक्षको रिट खारेज गरी गगनलाई मान्यता दिएको सर्वोच्चको स‌ंक्षिप्त आदेशमा के छ?

Netra Tamang 8 hours ago

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षको रिट खारेज गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार राति संक्षिप्त आदेश दिँदै तत्कालीन सभापति देउवा पक्षको रिट खारेज गरेको हो।

फागुन २१ गतेको निर्वाचनमा भाग लिइसकेर सारभूत परिवर्तन भइसकेको अवस्थामा निर्वाचन आयोगको निर्णयलाई हस्तक्षेप गरिरहन उपयुक्त नदेखिएको सर्वोच्चको ठहर छ। योसँगै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई मान्यता पाउने भएको छ।

विशेष महाधिवेशनको निर्णय अनुसार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्ने माघ २ गते निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत पुगेको थियो।

यस्तो छ स‌ंक्षिप्त आदेश

The post देउवा पक्षको रिट खारेज गरी गगनलाई मान्यता दिएको सर्वोच्चको स‌ंक्षिप्त आदेशमा के छ? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category